३ माघ २०८१, बिहीबार

इतिहासको दृष्टिकोणमा श्रमिक दिवस
  • खिल प्रसाद भूसाल

‘ एक दिन त्यस्तो हुने छ, जब अहिलेको हाम्रो मौनता नै तिमीहरुको गर्जन भन्दा बलियो हुने छ ’ अमुख मारिएका मजदुर र सहितहरुको संझनामा सन १८८६ मा मजदुरहरुले शोक सभामा प्रयोग गरिएका शब्दहरु स्मरण गर्दै १८ वैशाख २०८० अर्थात मे १ २०२३ मा भोली १ सय ३४ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाउँछौँ ।

विश्वभरीका श्रमिकहरुले सोमबार आफ्नो महत्वपूर्ण दिवस विभिन्न कार्यक्रमहरुका साथ मनाउदै छन। हाम्रो देशका श्रमिक संगठन र विशेष गरी कम्यूनिष्ट पार्टीहरुले यो महत्वका साथ मनाउदै छन। कम्यूनिष्ट आन्दोलन रक्षात्मक बनिरहेको अवस्थामा श्रमिक दिवसको महत्व झनै बढ्दै गइरहेको छ ।

किन की कम्यूनिष्ट आन्दोलनले क्रान्तिको चालक शक्ति वा अगुवा दस्ताको रुपमा श्रमिक वर्गलाई मान्दछ । र समाजमा विद्यमान तमाम प्रकारका शोषण तथा शासनको जरालाई समूल नष्ट गरि शोषण तथा वर्ग रहित समाज निमार्ण गर्नाका लागि श्रमिक वर्ग वा मजदुरको एकताको बलमा आन्दोलन गरी समाजवादी क्रान्ति गर्ने र उनीहरुकै अधिनायकत्व र नेतृत्वमा बैज्ञानिक समाजवादी व्यवस्था र समाज स्थापना गर्नुको विकल्प नभएको माक्सवादी दर्शले देखाएको छ ।

तर अहिले श्रमिक आन्दोलन विश्व व्यापी रुपमा शक्ति शालि नभई रक्षात्मक अवस्था रहेको छ। तर श्रमिकहरुमाथीको शोषण नयाँ रुपमा झन झनै चर्को हुदैँ गइरहेको छ।यस्तो विसम परिस्थितिमा मे दिवसलाई रित पुर्याउने र औपचारिकतामा सिमित गर्ने नभइ नयाँ परिस्थितिमा नयाँ ढगले संगठिन र आन्दोलित गर्नु आजको जलन्त आवश्यकता हो ।यस अर्थमा श्रमिक दिवसको झनै महत्व बढ्न गएको छ ।
श्रमिक दिवसको  शुरुवात
१. अमेरिकाको सिकागो शहरमा १ मे १८८६ मा करिब ३ लाख मजदुरहरुले दैनिक श्रम घण्टाको माग गर्दै आन्दोलनमा उत्रिए । मजदुरका माग ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ माग सहित व्यापक विरोद्ध प्रर्दश सहित आम हड्ताल गरे । प्रर्दशको ३ दिन पछि अर्थता ४ मे मा सिकागोको हे मार्केटमा जम्मा भएका मजदुरहरुको भिड हटाउन प्रहरीले व्यापक दमन गर्यो ।

कारखाना मालिकको इसारमा जब प्रहरी दमनमा उत्रियो भिडमा खैलावैला तथा भागदोड मचियो । यसै विसम परिस्थितिको फाइदा उठाई कारखाना मालिकका सुराकी र सरकारी षड्यन्त्र निहत्था मजदुरको भिडमा बम फ्याकियो ।त्यसैलाई बाहना बनाएर प्रहरी लाखौको भिडमा अन्धाधुन्ध दमन सहित गोलि प्रहार गर्यो ।उक्त दमनमा गोलि लागि ८ जना मजदुरले शाहदत प्राप्त गरे भने ५ दर्जन भन्दा बढी घाइते भए ।

२. १८८९ मा श्रमिक हरुको दोस्रो अन्तराष्ट्रियको पेरिसमा भएको प्रथम महाधिवेशनले ‘हेमार्केट’ दमनको विरुद्धमा १८९० को मे १ मा विश्व व्यापी जुलुस प्रर्दशन गर्ने निर्णय गर्यो ।
३. १८९१मा दोस्रो अन्तराष्ट्रियको वेसेल्समा भएको दोस्रो महाधिवेशनले १ मे लाई विश्व भरिनै श्रमिक मजदुरका रुपमा मनाउने निर्णय गर्यो । साथै यस दिवसमा सम्पूर्ण कलकारखाना तथा श्रम सम्बन्धीत गतिविधि बन्द गर्ने समेत निणर्य गर्यो ।

४. मे १ १८९० मा कम्यूनिट घोषणापत्रको चौथो जर्मन समस्करण भूमिकामा विश्व सर्वहारा वर्गका महान नेता फेडरिक एङ्गेल्सले प्रथम अन्तराष्ट्रिय मे दिवस बारे भने अव सबै ठाउँका पुजिँपति र जमिन्दारहरुले महशुस गरेको हुनुपर्दछ की सवै ठाउँका सर्वहारा वर्ग र श्रमिक एकजुट भएका छन।साथै उनले भावक हुर्दै लेखेका थिए।आज काल माक्स मसँगै यो दिन देख्न बाचिरहेकाभए कति गर्वोक्ती गर्नुहुन्थ्यो होला ।
स्मरण रहोस् काल माक्सको निधन १८८३ मा र फेडरिक एङ्गेल्सको निधन १८८४ मा भएको थियो ।
५.नेपालमा श्रमिक दिवसको शुरुवात २०४६ सालको परिवर्तन पछि विधिवत रुपमा श्रमिक दिवस मनाउन थालिएको इतिहास पाईन्छ ।

भूसाल हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बाँके जिल्लाका  प्रभावशालि युवा नेता हुन।

  • १७ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech