बाँके\नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजारले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँ घटेको हो। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।