१२ मंसिर २०८१, बुधबार

बजेटको विपक्षमा भोट हाल्ने जनमतको निर्णय
  • न्युज मानसराेवर

काठमाडौँ\सत्ता गठबन्धनमा सामेल भएको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा. सीके राउतले बताए ।

प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् । उनले भनेका छन्, ‘देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य छैन ।’जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन नगर्ने बताए ।

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech