१६ बैशाख २०८१, आईतवार

बाँकेमा पनि कोरोना खोप लगाउन शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा पनि कोरोना विरुद्ध खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पताल नेपालगञ्जलाई कोरोना खोप हस्तान्तरण गरेपछि खोप लगाउन शुरु गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई खोप हस्तान्तरण गर्नुभएको थियो । बाँकेमा पहिलो खोप मेसु थापाले लगाएका छन् ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग, स्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाह लगायतको उपस्थिति रहेको थियो । बाँकेमा पहिलो चरणमा ७ हजार ५ सय जनालाई पुग्ने गरी खोप आएको छ ।

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech