बाँके\राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भ्रष्टाचार काण्डमा संलग्न माथिल्लो तहका शक्तिशाली ब्यक्तिहरुलाई यो सरकारको कारवाही गर्ने हैसियत नै नभएको दावी गरेका छन।
संघको बाँके जिल्ला कमिटीको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरण जस्तै सुन तस्करीको घटनामा संलग्न माथिल्लो तहका ब्यक्तिहरुलाई उन्मुक्ती दिइने दावी गरे । गृह मन्त्री नारायण काजी श्रेष्ठको जति नै प्रतिवद्धता भएपनि ति ब्यक्तिलाई कारवाही गर्न सक्ने हैसियत नै नभएको बताए।
युवा संघ बाँकेका अध्यक्ष ज्ञानेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष अमित लामा, महासचिव सुमन पुरी, सचिव खेमराज शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति लगायतको सहभागिता रहेको थियो ।