१८ बैशाख २०८१, मंगलवार

नेकपा ओली निकट जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न

 बैठकबाट बाँके क्षेत्र नम्बर १ को संयोजक मा बलराम भट्टराई र सचिवमा भरत बुढाथोकी लाई मनोनीत गरेको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को बाँके जिल्ला समितिको प्रथम पुर्ण बैठक सम्पन्न गरेको छ ।

ओली निकट जिल्ला कार्य समितिले प्रथम पुर्ण बैठकबाट विभिन्न निर्णय  समेत गरेको छ प्राप्त जानकारी अनुसार   बैठकबाट बाँके क्षेत्र नम्बर १ को संयोजक मा बलराम भट्टराई र सचिवमा भरत बुढाथोकी लाई मनोनीत गरेको छ ।

यसै गरी २३ गते काठमाडौ र २९ गते लुम्बिनी प्रदेशको बुटवलमा हुने आमसभामा बाँके जिल्ला बाट व्यापक जनसहभागिता जनाउने निर्णयमा गरेको छ ।

पुर्ण बैठकले बाँकेका तीन क्षेत्र ,आठ स्थानिय तह, ८१ वटै वडाहरुमा नेकपाका पाटी गतिविधहरु तथा बैठक सञ्चालन गर्ने बताइएको छ भने
कम्युनिस्ट आन्दोलन ,लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको आन्दोलनको पक्षमा जनमत तयार गर्ने व्यापक रुपमा जनवर्गीय सगठनहरु परिचालन गर्ने निर्णय गरी पूर्ण बैठक सम्पन्न गरिएको जिल्ला संयोजक सुर्य ढकालले जानकारी गराए ।

पूर्ण बैठकमा ओली निकट जिल्ला सदस्य प्रदेश सदस्य तथा केन्द्रिय सदस्यहरुको समेत सहभागिता रहेको ओली निकट युवा नेता पुजन विश्वकर्माले जानकारी गराए ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech