बैजनाथ\बैजनाथ गाउँपालिका वडा नं.३ स्थित स्वास्थ्य चौकीले निशुल्क मलेरीया परिक्षण गरेको छ ।
स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट भिम राज जैसीले दिएको जानकारी अनुसार ६५ जनाको मलेरीया परिक्षण गरिएको जानकारी गराएका छन।स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक हरि प्रसाद पौडेलले,जनस्वास्थ्य निरिक्षक दिल बहादुर विकको टोलिले उक्त परिक्षण गरेकोहो ।
उक्त स्वास्थ्य चौकीको क्षेत्रमा गत आर्थिक वर्षमा एक जनामा मलेरिया फेला परेपछि उक्त क्षेत्रमा मलेरिया परिक्षण अभियान संचालन गरिएको बताइएको छ। उक्त परिक्षण नौवस्ता ३ स्थित मिलन चौकमा गरिएको थियो ।
यसरी मेलेरियाबाट प्रत्यक बर्ष पिडित हुनेको संख्या ८५ लाख पुग्ने गरेको तथ्याकं रहेको पाईन्छ । मुख्य रुपमा गर्मीयाममा नेपालको तराई भू–भागमा बढी देखिन्छ । मलेरियाको कारक प्लाज्मोडीयम भन्ने परजिवी (प्यारासाइट) हो ।
यसका पनि विभिन्न प्रजातिहरु छन् । प्लाज्मोडियम फाल्सिपेरम, प्लाज्मोडियम भीभ्याक्स र प्लाज्मोडियम ओवेलजस्ता यसका थुप्रै प्रजाति हुन्छन् । प्लाज्मोडियम फाल्सिपेरम दोस्रो बढी कमन र गम्भीर हो । यसको प्रमुख लक्षण भनेको ज्वरो आउने नै हो ।
यो लामखुट्टे (फिमेल एनोफेलेस) को टोकाइबाट सर्ने रोग हो । लामखुट्टेको शरीरमा टोकाइले रगतमा प्लाज्मोडियमहरु प्रवेश गर्छन् । ती सबै कलेजोमा जाने हुन्छ ।
प्लाज्मोडियमको स्पोरोजाइड कलेजोमा पुगेपछि मेरोजोइडको रुपमा विकसित हुन्छ । त्यसपछि संख्या मल्टिपलाई हुँदै रगतमा मिसिन्छ । रक्त कोषिकामा पनि मल्टिप्लाई भएपछि ट्रोपोफाई चरणमा पुग्छ । त्यहाँ तीब्र रुपले मल्टिप्लाई भएपछि रक्त कोषिकालाई ड्यामेज पार्ने काम गर्छ । त्यसपछि इम्युन सिस्टम एक्टिभ भएर ज्वरो आउने गर्छ ।
मलेरियाका लक्षणहरुः
ज्वरो आउने
टाउको दुख्ने
जिउ दुख्ने
वाकवाकी लाग्ने तथा वान्ता हुने
रोकथाम तथा बच्ने उपाय
घर वरपर पानीहरु जम्न नदिने
सरसफाइमा ध्यान दिने
लामखुट्टेको टोकाइबाट बच्न
झुल र औषधीको प्रयोग गर्ने
मलेरिया देखियो के गर्ने रु स्वास्थ्य परीक्षण गर्दा मलेरिया पोजेटिभ देखिएका व्यक्तिलाई हामी क्लोरोक्विन र पेरिमाक्विन औषधी दिने गर्छौं । कुनै–कुनै केसमा घातक प्रजाति देखिन सक्छ । त्यससमय औषधीले काम नगर्ने हुँदा हामी आर्टेसुनेट इन्जेक्सनको प्रयोग गर्ने गर्छौं । त्यसकारण मलेरियाको शंका लागेमा चिकित्सक कहाँ गएर स्वास्थ्य परामर्श लिन सुझाव छ ।