कोहलपुर \कोहलपुर नगरपालिकाका प्रमुख (मेयर) पूर्ण प्रसाद आचार्यले दिदी तोप कुमारी आचार्य बहिनीहरू प्रेम आचार्य र टीका आचार्यको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । बुधबारको शुभसाइतमा दिदी बहिनीहरू हातबाट टीका र आर्शिवाद लिएको सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।











