बाँके\हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्यसाथ मनाइएको छ ।देशका विभिन्न स्थानमा मैथली, अवधि र पहाडी समुदायका महिलाले आज साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाएका छन।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
विशेषगरी नेपालका पूर्वी तराई जिल्लाबाट आएका तथा जागिरका क्रममा कपिलवस्तुमा रहेका महिलाबाट सुरु भएको यो पर्व बिस्तारै यस क्षेत्रका मैथली, अवधि तथा पहाडी महिलाले पनि धूमधामका साथ मनाउन थालेका छन् ।











