१० जेष्ठ २०८३, आईतवार

धान उत्पादन बढ्यो बाँकेमा
  • न्युज मानसराेवर

बाँके\बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिएका छन।

कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर धानको उत्पादन ३.८ मेट्रिक टन रहेकोमा यसवर्ष प्रति हेक्टर धानको उत्पादन ४.०२ मेट्रिक टन पुगेको छ। गत वर्ष बर्खे धान ३३ हजार र चैते धान ३५ हेक्टरमा खेती भएर एकलाख २५ हजार ५३३ मेट्रिक टन उत्पादन भएको थियो। यो वर्ष एकलाख ५३ हजार तीन सय मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको छ।

गत वर्ष ३३ हजार हेक्टरमा धानखेती भएकोमा यो वर्ष ३६ हजार पाँच सय हेक्टरमा धान रोपाइँ भएको थियो। गत वर्ष समयमै वर्षा नभएपछि नरैनापुर गाउँपालिकामा करिब तीन हजार पाँच हेक्टर खेतमा धान रोपाइँ हुन सकेको थिएन।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यो वर्ष असार १५ सम्म जिल्लाका आठवटै स्थानीय तहमा गरेर करिब १५ प्रतिशत मात्रै धान रोपाइँ भएकोमा त्यसपछि निरन्तर प्रर्याप्त पानी भएपछि धान खेती हुने सबै खेतमा रोपाइँ भएपछि समग्र उत्पादनमा वृद्धि भएको हो। यसैगरी अघिल्लाे वर्ष जस्तो सुख्खा, डुबान र बाढी नआएपछि धानको उत्पादनमा वृद्धि भएको हो।

  • ७ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech