७ मंसिर २०८१, शुक्रबार

पर्यटन डिभिजन कार्यालय बाँकेको कूल बजेट ३७ करोड
  • न्युज मानसराेवर

बाँके\ पर्यटन डिभिजन कार्यालय बाँकेले आर्थिक वर्ष २०८०मा ३७ करोड बजेट मार्फत आफ्ना कार्यक्रम संचालन  गर्ने भएको छ ।
कार्यालयका उप सचिव दिनेश अधिकारी तथा बाँके क्षेत्र नं.१ को २ बाट निर्वाचित दुर्गा प्रसाद चौधरीले उक्त कार्यालयको बजेट तथा आयोजना बारे छलफल गरेका हुन। सांसद चौधरीले सरोकारवाला विच आवश्यक समन्वय र सहकार्यमा उक्त बजेट खर्च गर्न आग्रह समेत गरेका छन।

कार्यालय प्रमुख अधिकारीले उक्त बजेट पुजींगत तर्फ १९ करोड र चालु तर्फ १८ करोड रहेको समेत बताए । उनले आयोजना छनोट गर्नाका लागि बाँके बर्दिया लगाएत जिल्लाहरु बाट सांसदहरु माझ आवश्यक छलफल पश्चात मात्र आयोजना शुरु गरिने समेत उल्लेख गरेका छन।

पर्यटन डिभिजन कार्यालयको उक्त ३७ करोड बजेट बाँके,बर्दिया ,दाङ,प्यूठान र रोल्पा ,पूर्वरुकुम जिल्लाका विभिन्न मौलिक संस्कृति र आत्म निर्भरताका निम्ति खर्च गरिने छ।

छलफलमा लुम्बिनी प्रदेश सांसद चौधरीले मुख्य उपलब्धी हुने क्रियाकलापहरुमा आवश्यक बजेट खर्च गर्न आग्रह गरे । चौधरीले भने उपलब्धी हुनुका साथै जीवन परिवर्तन हुने आयोजनाहरुमा आवश्यक बजेट खर्च गर्न आग्रह गरेका हुन।

  • १३ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech