१० जेष्ठ २०८३, आईतवार

ट्राफिक प्रहरीले दियो समता स्कुलमा सचेतना कक्षा
  • न्युज मानसराेवर

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले समता स्कुलमा ट्राफिक शिक्षा दिएको छ ।बाँकेको कोहलपुरमा  संचालिन समता स्कुलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सायक निरीक्षक दमन विक्रम सेनको नेतृत्वले ट्राफिक शिक्षा दिइएको हो ।

पछिल्लो समय दुर्घटना परेर बाँकेमा मृत्यु हुनेको संख्या बढेसँगै जिल्ला ट्राफिक प्रहरीले विभिन्न विद्यालयमा ट्राफिक नियमका बारे सचेतना गर्दै आइरहेको छ ।

गत आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सात समय ७३ वटा सचेतना कक्षा संचालन गरेको थियो भने कक्षामा करिब ३४ हजार सवारीचालक यात्र र विद्याथी उक्त सचेतनामा सहभागिता जनाएका थिए ।

२०७३ साल देखी कोहलपुरमा  संचालनमा रहेको  समता स्कुललले सबै कक्षामा एउटै तथा न्यूनतम शुल्कमा अध्यापन गराउँदै आइरहेको
छ । हाल समता स्कुल नेपालका सबै जिल्ला तथा भारत श्रीलङ्का बंलादेश  लगाएत देशहरुमा समेत संचालनमा रहेको छ ।

हाल कोहलपुरमा समता स्कुल प्रा.वि तह सम्म संचालनमा रहेको छ ।

  • १५ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech