बाँके\बैजनाथ गाउँपालिकाको पशु सेवा शाखा कार्यालयले नयाँ भवन पाएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उक्त भवनको मंगलबार विधिवत रुपमा उद्घाटन गरिएको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले पशु सेवा शाखा कार्यालयले नयाँ भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाको ४९ लाख रुपैयाँ बजेटबाट ५ कोठे भवन निर्माण कार्य सम्पन्न भएको थियो ।
भवन उद्घाटन कार्यक्रममा अध्यक्ष शाहीसँगै उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत विश्वराज खनाल, वडाअध्यक्ष देवबहादुर रावत र प्रेमबहादुर शाही, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्य, योजना शाखा प्रमुख डोटी नेपाली, पशु विकास शाखा प्रमुख खड्गबहादुर सिंह, कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा, अन्य कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।











