२६ बैशाख २०८२, शुक्रबार

एमाले नेता भुषालद्वारा “मदन भण्डारी ” पत्रकारिता पुरस्कारको घाेषणा
  • न्युज मानसराेवर

काेहलपुर\नेकपा एमाले बाँकेका नेता खिल प्रसाद भुषालले स्वर्गीय पिता टिकावल्लभ भुषालकाे सम्झनामा मदन भण्डारी पत्रकारिता पुरस्कारको घाेषणा गरेका छन।

हाल विरामी रहेका नेता भूसालको स्वास्थ्य लाभको कामना गर्न पुगेको  प्रेस चौतारी कोहलपुर नगर कमिटीका पदाधिकारी ,सल्लाहकार हरुसँगको बसाईमा भूसालले उक्त पुरुस्कार घोषणा गरेका हुन।

मदन भण्डारी पुस्तकालय बाँकेका अध्यक्ष समेत रहेका  नेता भुषालले आफ्ना स्वर्गीय पिताकाे सम्झनामा उक्त पुरस्कार मदन भण्डारी पुस्तकालय,बाँके मार्फत प्रेस चाैतारी काेहलपुर नगर कमिटीलाई हस्तान्तरण  गर्ने  समेत  जानकारी  गराएका  हुन।

क्रियाशीलता र खाेजमुलक समाचारलाई मुख्य आधार मानेर प्रत्येक बर्ष रु १५ हजार नगद सहित एकजना पत्रकारलाई उक्त पुरस्कारले पुरस्कृत गरिने छ।

भेटघाट पश्चात स्वास्थ्य लाभको कामना गर्दै  प्रेस चौतारी नगर कमिटी सचिव रवि रोकायाले यस खालका पुरुस्कार घोषणाले समग्र बाँकेको पत्रकारीता विकासमा टेवा पुग्ने बताएका छन। खोजमुलक समाचारलाई मुख्य आधार मानेर प्रदान गरिने उक्त पत्रकारीता पुरुस्कार वितरण गर्न छनोट समिति मार्फत  बाँके जिल्लामा पत्रकारीता गर्ने उत्कृष्ट एक जना छनोट गरिने समेत बताए ।

  • २४ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech