कोहलपुर\ कोहलपुर नगरपालिकाको व्यवस्थित शहरीकरण तथा एकीकृत बस्ति विकासको योजना संचालन गर्नाका निम्ति स्थलगत अध्ययन गरिएको छ ।
बस्ति विकासको एकीकृत योजना कार्यान्वयन गर्नाका निम्ति नगरपालिकाका विभिन्न वडाहरु लुम्बिनी प्रदेश सांसद दुर्गा बहादुर चौधरीको नेतृत्वमा उक्त अध्ययन गरिएको हो ।
सांसद चौधरीले सहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख रामअसिष दास, सब -इन्जिनियर रमेश कुमार यादव, जनप्रतिनिधि र स्थानीय समाजसेवी, अगुवा र जनताको साथमा स्थलगत अवलोकन र सुझावहरू संकलन गरेका हुन।
कोहलपुर नगरपालिका वडा नं.१० काे एकता नगर, वडा नं. ११ काे वगिया, लाेकनगर, वडा नं. २ काे विकास नगर, बनखेत, मुक्ति नगर र वर्दहवा गाउँ र वडा नम्बर ९ काे झण्डहवा गाउँमा विकास निर्माण तथा आगामी दिनमा गर्नुपर्ने याेजनाकाे वारेमा स्थलगत अवलोकन स्थानीय समुदायसँग अन्तरक्रिया समेत गरेका छन।
अन्तरक्रिया पश्चात सांसद थारुले स्थानीय समुदायको माग र आवश्यताका आधारमा आफुले गर्न सक्ने कामहरुमा बजेट विनियोज र त्यसको कार्यान्वय गर्न प्रतिवद्धतामा केन्द्रित रहने बताएका छन।











