१० जेष्ठ २०८३, आईतवार

लुम्बिनीमा थपिए दुई मन्त्री
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मण्डल विस्तार गरेका छन। वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)बाट बाँकेकी कृष्णा केसी र प्युठानका सरोज थापालाई मन्त्री बनाएका हुन। नवनियुक्त मन्त्री केसी र थापाको शपथ ग्रहण आज (आइतबार) प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिएका छन।

केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय र थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन ।

बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैँले राख्ने बताइएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई विस्तार गर्दै नौ जना पुगेका छन।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech