१० जेष्ठ २०८३, आईतवार

पश्चिम नेपाल मै पहिलो पटक कृत्रिम गर्भधारण सेवा शुरु
  • न्युज मानसराेवर

बाँके\  बाँके स्थित नेपालगञ्जमा एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ ।

उक्त अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा सुरु गरेको जनाएको हो ।कृत्रिम गर्भधारणको पहिलो प्रयासको रूपमा पुरुषबाट निकालिएको वीर्यलाई प्रविधिको माध्यमद्वारा राम्रोसँग ल्याबमा तयार पारी दक्ष तथा अनुभवी स्त्रीरोग विशेषज्ञले उपयुक्त समयमा महिलाको गर्भाशयमा राख्ने प्रविधिलाई आईयुआई भनिन्छ ।

एचसिआरसी अस्पताल नेपालगन्जका वरिष्ठ महिला तथा प्रसूति विशेषज्ञ डा.मञ्जु बि सी शाहले सो कुराको जानकारी गराउँदै अस्पतालमा रहेको दक्ष चिकित्सकको टिमले सो सेवा प्रवाह गर्ने बताइन। उनले एक वर्षभित्र अत्याधुनिक आईभिएफ ल्याबको स्थापना गर्ने लक्ष्यसहित आईयुआई सेवा सुरु गरिएको जानकारी गराइन।

पछिल्लो समयमा गर्भधारण र बाँझोपनसम्बन्धी समस्या लिएर अस्पताल पुग्नेहरू बढ्दै गएकोले दम्पतीको स्वास्थ्य चेकजाँच अनुसार समाधानको लागी आईयुआई र आईभिएफ सेवा अति आवश्यक रहेको एचसिआरसी अस्पताल नेपालगन्जले जनाएको छ ।

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech