बाँके\पश्चिम नेपालका तीन वटा प्रदेशका क्षयरोगका बिरामीलाई लक्षित गरेर बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने भएको छ ।बाँकेको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको हो ।
राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको
छ । ढिकेरीस्थित गणेश माध्यमिक विद्यालयले संरक्षण गर्दै आएको करिब दुई विगाह जमिन उपलब्ध गराएपछि क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी सुरु भएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी गराएका छन।
सरकारले गैरसरकारी संस्था टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगन्जमा भाडाको घरमा क्षयरोग अस्पताल सञ्चालन गर्दै आएको छ । जग्गा नहुँदा यसअघि क्षयरोग अस्पताल निर्माणको लागि सरकारले छुट्याएको बजेट पटक-पटक फिर्ता हुँदै आएको थियो ।











