१२ श्रावण २०८२, आईतवार

पानी आपुर्तिको विकल्प खोज्दै कोहलपुर खानेपानी (भिडियो)

पानीका पाएपमा चुना जमेर बेला बेला पाएप जाम हुदा उपभोक्ताहरु प्रताडित

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँके जिल्लाका बिभिन्न क्षेत्रमा गर्मि बढेसंगै चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ । घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै पानी आपुर्तिमा समस्या झेलिरहेको कोहलपुर १० का संजय मण्डल वताउछन । कोहलपुर क्षेत्रमा पनी जमिन मुनि रहेको पानीको सतह सुक्दै गएपछि चापाकलमा पानी आउन छोडेको छ ।

चापाकलमा पानी आउन छोडेपछि कोहलपुर बृहत शहरी खानेपानी तथा उपभेक्ता संस्थाको कार्यालयमा दैनिक जसो नयाँ धारा जडानको लागि निवेदन लिएर आउने गरेको खानेपानी उपभोक्ता संस्थाका कोषाध्यक्ष धुर्वराज आचार्य वताउछन । खानेपानी संस्थाका कोषाध्यक्ष आचार्यले केहि बर्षयता सुख्खा खडेरी लागेपछि कोहलपुर बजार क्षेत्रका अधिकांश चापाकल सुकेसँगै सर्वसाधारण खानेपानीको लाइन जडान गर्न आउन थालेको जानकारी दिए ।

उनले जाडोयाममा पानीको माग दैनिक ८ लाख लिटर हुने गरेपनि गर्मियामसंगै पानीको माग ४० लाख लिटर हुने भएकाले पनि उपभोक्ताले चाहे अनुसारको पानी आपुर्तिमा सहजता पाउन नसकेको वताउछन । यो माग मौजुदा ५ हजार ५ सय ग्राहकहरुको आपुर्तिको आाकडा भएपनि नयाँ करिव ५ हजार उपभोक्ताहरुले धारा जडानको माग गरेसंगै कोहलपुरमा रहेको प्रमुख खानेपानी संस्थालाई पानी आपुर्तिमा हम्मे हम्मे परेको स्विकार्छन कोषाध्यक्ष आचार्य ।

एकातिर पानीका स्रोतहरु सुक्दै जानु अर्कोतिर माग बढि आपुर्ति कम हुदै गरेपछि बैकल्पिक पानीको स्रोत खोजिरहेको कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाले ”चुनावी नारा बबईको पानी कोहलपुरर ल्याएर आपुर्तिमा सहजता गर्ने” सपना देखाएको भएपनि उक्त सपना चुनावी नारामा मात्रै सिमीत राखेर ”राप्तिको पानी कोहलपुर ल्याउने” महत्वाकाक्षिं योजना अघि सारेको छ । संस्थाका सचिव गोविन्द वाग्लेले ववईको पानी कोहलपुर झार्न महंगो लागत लाग्ने र समय तथा दुरिका हिसावले पनि तत्काललाई राप्तिको पानी कोहलपुर ल्याउने तर्क गर्छन । यद्यपि राप्तिको पानी नहरमार्फत सिंचाईकालागि भनेर कोहलपुरको छातिबाट नहर चलेपनि जग्गा पलटिङ र खेति गर्ने परिपाटि हराउदै गएपछि उक्त पानीको जति महत्व हुनुपर्ने हो भएको छैन त्यसै किसिमले राप्तिको पानी उपभोगकालागि कति उपयुक्त छ खानेपानी कार्यालयले अध्यन बिशलेषण भने गरिरहेकौ होला ।

कोहलपुरमा पानी आपुर्तिमा समस्या नभई चुहावटका कारण पानी अपुग भएको तर्क राख्छन त्यहा कार्यरत एक कर्मचारी । उनका अनुसार वजार क्षेत्रमा ६० प्रतिशत पानी चुहावट भएर गईरहेको आकलन छ तथापि त्यो रोक्न वजार क्षेत्रभरि उपभोक्ताको गेट बाहिरै पानीको मिटर जडान गर्ने, मोटरबाट पानी तानेर खेर फाल्ने उपभोक्ताको पहिचान गरि कारवाहि गर्ने अभियानलाई समेत निरनतरता दिएको ती कर्मचारीको भनाई छ ।

यसका अलावा पानीका पाएपमा चुना जमेर बेला बेला पाएप जाम हुदा उपभोक्ताहरु प्रताडित हुने गरेको भएपनि रात दिन नभनि समस्या समाधानमा खानेपानीको टिम लागेर उपभोक्तामाझ पानी आपुर्ति गरिरहेको सचिव वाग्लेको दावि छ ।

कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको मुख्य कार्यालयमा १ बोरिङ मार्फत र कोहलपुर चौराहबाट १ बोरिङबाट पानी संकलन गरि वितरण गरिदै आएकोमा यसैविच थप १ बोरिङ निर्माणकार्य अन्तिम चरणमा पुगेसंगै मौजुदा ५५ सय ग्राहकलाई सहज पानी आपुर्ति गर्न सकिने भएपनि थप ग्राहकलाई पानी आपुर्तिका निम्ति दिर्घकालिन योजना अघि सार्नुको विकल्प नभएको भन्दै संस्थाका कोषाध्यक्ष धुर्व आचार्यले गाडिएका बोरिङहरुसुक्दै जाँदा स्रोत नै नभएपछि बैकल्पिक बाटो खोजिकार्य जारी रहेको वताए ।

“विगतमा घरमा गाडिएको चापाकलमा पर्याप्त पानी आउँदासम्म खानेपानीको धारा जडानमा स्थानीयवासीको खासै रुचि देखाउँदैन्थे । गएका केहि वर्षको हिउँदेयामदेखि चापाकल सुकेर पानीको सङ्कट महसुस गरेपछि अहिले खानेपानी कार्यालयमा धारा जोड्नेको घुइँचो नै लाग्ने गरेको छ”, भन्दै आचार्यले पानीको सदुपयोग गर्नुपर्ने समेत सचेत उपभोक्ताको काम भएको जिकिर गरे।

भिडियो

 

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech