१० मंसिर २०८१, सोमबार

बाँकेका मध्यवर्ती तथा वन कोरिडोर क्षेत्रमा सुरक्षित बाख्रा खोर

एक अर्काले दुबैको अस्तित्व बुझेर काम गर्न सकेमा मात्र मानव र बन्यजन्तु बिचको द्वन्द कम रहने बुझाई

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: मानव र वन्यजन्तु बिचको द्वन्द घटाई सह अस्तित्व कायम राख्न पछिल्लो समय निकुञ्ज आसपासका मध्यवर्ति क्षेत्र र कोरिडोर क्षेत्र आसपास विभिन्न कार्यक्रम मार्फत अभियान चलाईएको छ। वन तथा वन्यजन्तु संरक्षणमा दिनरात लागिपरेका कम्दि कोरिडोर क्षेत्रका स्थानिय हिजो आज सरक्षणसङ्गै वाख्रापालन तर्फ आकर्षित भएका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर ७ कम्दि कोरिडोर आसपासका १८ घर स्थानियलाई तराई भूपरिधि कार्यक्रमले सुरक्षित बाख्राको खोर निर्माण गर्नको लागि आर्थिक सहयोग गरेर सुरक्षित खोर निर्माण गरिदिएपछि यहाँका स्थानियको बाख्रापालनतर्फ आकर्षण बढेको तराई भू परिधि कार्यक्रमका फिल्ड सुपरभाईजर तिलक चौधरीको भनाई रहेको छ।उनले स्थानियको दायित्व वनजङ्गल र बन्यजन्तु जोगाउने हो भने सरोकारवाला निकायको दायित्व यहाँका स्थानियको जिउ धनसङ्गै पशुधनको सुरक्षा दिनु रहेको बताए।

कम्दि कोरिडोर आसपासका स्थानिय पहिले पहिले बन्यजन्तुले घरसम्म आएर बाख्रा खाइदिने केहि गरि जङ्गलि जनावरबाट सुरक्षित भएपनि चोरले खोरैबाट बाख्रा लगिदिने पिडाले आफुहरु ग्रसित भएको स्थानिय रुम कुमारी खड्का बताउछिन। उनले अहिले सुरक्षीत खोर भएपछि ढुक्क भएर बाख्रा पालन गरिरहेको र बाख्रा पालनबाटै बार्षिक दुई लाख आम्दानि गर्न सकेको बताउछिन।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र कोहलपुर १३ भरैयाका किसान शेरबहादुर वलिले पहिला बाख्रापालन गर्दा जङ्गलि जनावरको आक्रमणले बाख्रा पाल्न छोडेको तर अहिले सुरक्षित खोरको अवधारणा आइसकेपछि पुन बाख्रापालनतर्फ आफु लागेको बताए।

तराई भू परिधि कार्यक्रमले मध्यवर्ती र कोरिडोर आसपासका स्थानिय कृषकलाई सुधारिएको बाख्राको खोर निर्माण गर्नको लागि जस्तापाता किल्लाकाटि र तारजालि लगायतका भौतिक सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ। जसका कारण जंगली जनावर गाउँ छिरेर खोरैबाट बाख्रा थुतेर लैजाने समस्याको अन्त्य भएको छ। तराई भू परिधि कार्यक्रममा बाख्रा र दिनको समयमा बाख्रा चराउन जाने बाख्रा गोठालोको समेत बिमा गरिदिने गरेको छ। जसले गर्दा यहाँका स्थानियका बाख्रालाई र गोठालोलाई बनमा कुनै जंगली जनावरले आक्रमण गरे वा कुनै दुर्घटना परेमा बिमा दाबी गर्न सहज भएको छ।

बाँके राष्ट्रिय निकुञ्जमा केहिबर्ष अगाडि थोरै संख्यामा रहेका बाघहरुको संख्या ह्वात्तै वृद्धि भएको छ। बिगतमा जम्मा ५ वटा मात्र संख्यामा रहेका बाघ पछिल्लो गणनामा २५ पुगेको छ। यसबाट पनि मध्यवर्ती क्षेत्रका स्थानियहरु बन्यजन्तु संरक्षणमा अग्रसर भएर लागेको प्रष्ट हुन जान्छ । मध्यवर्ति क्षेत्र आसपास र वन कोरिडोर आसपासका जनताले बन अनि बन्यजन्तुको सुरक्षा गरेसङ्गै यस क्षेत्रका स्थानियको जनधन, पशुबालिलाई सुरक्षित राख्न सरोकारवाला निकायको आनि ध्यान जान जरुरि छ। एक अर्काले दुबैको अस्तित्व बुझेर काम गर्न सकेमा मात्र मानव र बन्यजन्तु बिचको द्वन्द कम गरि सह अस्तित्व कायम राख्न सकिन्छ भन्ने आम जनताको समेत बुझाई रहेको छ ।

  • ३१ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech