१० मंसिर २०८१, सोमबार

युवा संघले गर्यो कोहलपुर चौराहमा सरसफाई
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कोहलपुर नगर कमिटीले आफनो ३५ औं स्थापना दिवसका अवसरमा कोहलपुर चौराहमा बृह सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

नगर कमिटी अध्यक्ष मानस सिंह शाहिको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एबं कोहलपुर नगर ईन्चार्ज मो. हारुन हलवाईको प्रमुख अतिथ्यतामा आयोजित बृहत सरसफाई कार्यक्रममा कोहलपुर नगरलाई सुन्दर तथा हरियाली वनाउन युवा संघले समेत महत्वपुर्ण योगदान दिंदै आएको युवा संघ बाँकेका सचिव रमेश मिजारले न्युज मानसरोवरलाई जानकारी दिएका छन ।

आज नै युवा संघले बाँकेका अनाथ अशक्तहरुलाई भोजन गराउने कार्यक्रमको समेत तय गरेको छ । बृद्धा आश्रम तथा निल सागर आश्रममा आश्रित बृद्ध बृद्धाहरुलाई भोजन गराईने भन्दै सचिव मिजारले सरसफाईमा सहभागिहरुलाई उक्त पवित्र कार्यमा समेत सहभागिता जनाउन आब्हान गरेका छन ।

नविनतम,सृजनशिलता र गतिशिलता भन्ने मुल नारा वोकेको युवा संघले आयोजना गरेको बृहत सरसफाई कार्यक्रम कोहलपुर चौराह वरपर, नयाँ तथा पुरानो वसपार्क क्षेत्रमा सरसफाई गरेको थियो । सरसफाई कार्यक्रमलाई कोहलपुर नगर प्रहरी, सरसफाईकर्मि तथा नगरको फोहर वोक्ने गाडिले समेत सहयोग गरेको थियो ।

बाटोमा जथाभावि फालिएका फोहरका टुक्रा पटक पटक यस्ता सरसफाई अभियानका क्रममा हटाईने भएपनि बटुवा र यात्रुहरुका लापरबाहि एबं सचेतना नहुँदा सरसफाई गरेको केहि दिन भित्र उस्तै फोहर हुने गरेको छ । जथाभावि फोहर फाल्नेहरुलाई दण्डित गर्ने अभियान चलाउने र फोहर फाल्ने निश्चित डस्विनको ब्यबस्था गर्ने हो भने यसमा कमि ल्याउन सकिने सरसफाईमा सहभागिहरुले वताएका छन ।

३५ औं स्थापना दिवसमा युवा संघको आयोजनामा आयोजित बृहत सरसफाई कार्यक्रममा लुम्विनी प्रदेशका माननिय सांसदहरु दुर्गा प्रसाद चौधरी, बसन्ति अधिकारी, नेकपा एमालेका जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, जनवर्गिय संगठनका प्रतिनिधिहरु, नगर प्रहरी, नेपाल, प्रहरी लगाएतको सहभागिता रहेको थियो ।

 

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech