काठमाडौं: कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ साथै पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् । उनी नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् ।
लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन र हाल पशुपति सेभिङ एण्ड कोअपरेटिभका अध्यक्ष हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइँदै छ ।
एसएसपी सानुराम भट्टराईका अनुसार उनीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ । फरार सूचीमा रहेका लामालाई आज पक्राउ गरिएको उनले बताए । उनीमाथि कान्तिपुरको ६ अर्ब बढी र पशुपतिको २ अर्ब गरी झण्डै ८ अर्ब रकम अपचलनको आरोप छ । लामासहित कान्तिपुरका सञ्चालकले बचतकर्ता र सेयरधनीको रकमबाट घरजग्गा, निजी व्यवसायमा लगानी गरेका थिए ।