८ मंसिर २०८१, शनिबार

नारायणगढ–मुग्लिन पहिरोमा परि वेपत्ताका आफन्तलाई नि:शुल्क खाना वस्नको व्यवस्था
  • न्युज मानसराेवर

चितवन: व्यवसायिक हकहित संगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि उत्तिकै सक्रिय होटल व्यवसायी संघ चितवनले यहि असार २८ गते विहान नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोमा परि वेपत्ता भएकाहरुको आफन्तलाई नि:शुल्क खाना वस्नको व्यवस्था गरेको छ ।

पहिरोमा परि वेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुराउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए । वाढि पहिरो लगायतका प्राकृतिक प्रकोप अकस्माथ हुने घटना भएको वताउँदै अध्यक्ष भट्टले पहिरोमा परेका परि वेपत्ता भएका आफन्तको खोजि कार्यको लागि आउँदा भनेको समयमा पैसा नहुने हुँदा पैसा नभएकै कारण आफन्तको खोजि कार्य नरोकियोस् भन्ने हेतुले वेपत्ताका आफन्तलाई चितवनका विभिन्न होटलमा नि:शुल्क खाना वस्नको व्यवस्था गरिएको वताए ।

पहिरोमा परि वेपत्ता भएकाहरुको खोजि कार्यमा सहयोग गर्ने र चितवन आएका आफन्तहरुलाई सहयोग गर्ने उदेश्यले चितवन विभिन्न होटलहरुमा उनिहरुलाई नि:शुल्क खाना वस्नको व्यवस्था गरिएको हो । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको चितवन प्रहरीका प्रमुख भावेश रिमालले बताए । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको भएको छ ।

  • २८ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech