बाँके\मिलन राई केन्द्रीय संयोजक रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको अध्यक्षमा डिबि परियार चयन भएका छन् ।
‘काम सहितको शिक्षा लागु गर !’ भन्ने मुल नाराका साथ शनिबार सम्पन्न जिल्लाको विशेष भेलाले डिबि परियारको अध्यक्षतामा २७ सदस्य जिल्ला समिती निर्वाचित गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कृष्ण शाह ‘परिवर्तन’ को प्रमुख आथित्यतामा भएको भेलामा अखिल (क्रान्तिकारी) का कर्णाली ब्युरो इन्चार्ज हरि बिष्टको विशेष आथित्यता रहेको थियो ।
त्यस्तै क्रान्तिकारी युवा संगठनका कर्णाली प्रदेश संयोजक प्रकाश शर्मा, नेकपा (बहुमत) बाँकेका नेता तिलक गिरी, थारु मुक्ती मोर्चाका नेता फेरन चौधरी लगायतको उपस्थिति रहेको थियो । उक्त भेलामा बोक्दै नवनिर्वाचित जिल्ला अध्यक्ष डिबि परियारले शिक्षामा भएको निजिकरण र व्यापारीकरण विरुद्ध जिल्ला व्यापी संघर्ष अघाडी बढाउने बताए