कोहलपुर,बाँके:कोहलपुर नगरपालीकाको गेटमा तिन दिनदेखी दवाव कार्यक्रमु भईरहेको छ । स्थानिय युवा तथा सूचना अभियन्ता भुम भण्डारीले सुरु गरेको शान्तिपुर्ण आन्दोलन तेस्रो दिन पनि जारी रह्यो । यसक्रममा थुप्रै युवा तथा स्थानियहरु आन्दोलनमा जोडिएका छन ।
आज बिहानैदेखी कोहलपुरमा झरी परीरहेको भएपनि निरन्तरको झरीले समेत युवाहरुको शानितपूर्ण दवाव कार्यक्रम रोक्न सकेन । झरीमा भिजेरै भएपनि आन्दोलनकारीहरुले दवाव कार्यक्रमलाई निरन्तरता दिएका छन ।
विभिन्न मागसहित कोहलपुर नगरपालिकाको मुल गेटमा शान्तिपुर्ण दवाव आन्दोलनमा बसेका भण्डारीलाई स्थानिय भरत पनेरु, चिन्तामणी उपाध्याय, सञ्जय मण्डल, अर्जुनजंग शाह लगाएत अन्य समर्थकहरुले पनि साथ दिईरहेका छन । नगरपालिकासँग जनसरोकारका विषयमा विभिन्न माग राख्दै आएको र माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने भण्डारीले बताए । नगरपालिकामा हुने सबै कामहरु पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री हुनुपर्ने उनको माग रहदै आएको छ। लिखित रुपमा सूचना माग गरेको लामो समयसम्म पनि सूचना नपाएको भन्दै मागहरु सम्बोधन गर्ने तर्फ स्थानीय सरकार नदेखिएको भण्डारीको आरोप छ ।
भण्डारीले कोहलपुर नगरपालिका कार्यालयद्वारा हालसम्म गठन गरिएका बिज्ञ समिति र बुझाइएको प्रतिबेदन, नगरपालिका कार्यालयको आ.व. ०७९/०८० र आ.व. ०८०/०८१ का सम्पूर्ण आय ब्यय र बेरुजु विवरण, नगरपालिका कार्यालयद्वारा आ.व. ०७९/०८० र आ.व. २०८०/०८१ मा छनौट नियुक्ति र राखिएका स्थायी करार अस्थायी कर्मचारी र शिक्षकको बिवरण, कोहलपुर नगर क्षेत्र भित्र संचालित पार्क भ्युटावर, स्विमिङ्ग, स्केट लगायत अन्य सिकाई केन्द्रमा बिध्यार्थी र सिकारु भर्ना र सुरक्षा संबेदनसिलता मुताविक जोखिम बिमा आवश्यक छ !छैन ? धारणा सार्वजनिक र कोहलपुर नगरपालिका क्षेत्रमा रहेको जम्मा सार्वजनिक र सरकारी जग्गा कति छ कब्जा अतिक्रमण भोगाधिकार र बाडिएको अवस्थामाका बारेमा सूचना माग गरेका छन ।
त्यस्तै भण्डारीले कोहलपुर नगरपालिका कार्यालयद्वारा गरिएको भौगोलिक सामाजिक सास्कृतिक आर्थिक शैक्षिक रुपान्तरणको विवरण पनि सर्बजनिक गर्न माग गरेका छन । यसैबिच कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले स्थानीय सरकारसँग राखेका सबै मागहरु सकारात्मक रहेको बताउँदै माग गरे अनुसारका सबै सूचनाहरु कार्यालयको वेभ साइटमा राख्ने ब्यवस्था गरेको बताए । उनले वार्ता र सहमतिका आधारमा माग सम्बोधन गर्नेगरी आन्दोलन स्थगित गर्न आन्दोलनरत भण्डारी समुहलाई आग्रह समेत गरेका छ्न ।
आन्दोलनको दोस्रो दिन (बुधबार) आन्दोलनस्थलमा पुगेकी उप-प्रमुख सङ्गिता सुवेदीले पनि मागहरु सम्बोधन गर्न स्थानीय सरकार सकारात्मक भएको बताएका थिईन । तर तेस्रो दिन सम्म पनि आफना मागहरुलाई वेवास्ता गरेको भन्दै भण्डारीले भोलि शुक्रवारदेखि आन्दोलनको स्वरुप फेर्ने जिकिर गरेका छन । उनले शुक्रवार सरकारीकर्मचारी तथा जन प्रतिनिधिहरुका सवारी साधनहरुलाई नगरपालिका गेट प्रबेश गर्न नदिने उदघोष गरेका हुन । पानी, झरी, गर्मि केहि नभनि मैले कोहलपुर संबृद्धिको अभियानलाई जोडदै एक सचेत नागरिकको हैसियतले आन्दोलनको शुरुवात गरेको हुँ माग सुनुवाई नभएसम्म आन्दोलका नयाँ नयाँ स्वरुप सहित आफु आन्दोलनलाई निरन्तरता दिने उल्ल्ेख गर्दै भण्डारीले अर्धनग्न प्रर्दशन गर्न मलाई स्थानिय सरकारले बाध्य नपारोस भन्ने टिप्पणी समेत गरेका छन ।