९ मंसिर २०८१, आईतवार

लुम्बिनीमा बढे अपराधिक घटनाहरु

लुम्बिनीमा सबैभन्दा बढी अपराधिक घटना रूपन्देही जिल्लामा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:लुम्बिनीमा अपराध बढ्दै गएको छ । लुम्बिनी प्रदेश प्रहरी त्रिवर्षीय तथ्यांक अनुसार पछिल्ला आर्थिक बर्षका तुलनामा गत आ.व.मा अपराधिक घटनाहरू ह्वात्तै वृद्धि भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, आर्थिक बर्ष २०८०/८१ मा लुम्बिनीमा ७ हजार ६ सय ४४ मुद्दा दर्ता भएका छन् । जसमध्ये ४ हजार ९ सय ४९ मात्रै फस्र्यौट भए भने २ हजार ६ सय ९५ मुद्दा चालु आ.व. २०८१/०८२ मा सरेका छन् ।

त्यसअघिल्लो आ.व. २०७९/०८० मा ६ हजार ९ सय ९७ वटा मुद्दा दर्ता भएका थिए । उक्त आ.व.मा ४ हजार ८ सय ३९ मुद्दा फस्र्यौट भएका थिए भने २ हजार १ सय मुद्दा फस्र्यौट हुन बाँकी रहेका थिए । त्यस्तै, आ.व. २०७८/०७९ मा ६ हजार ३ सय ६२ मुद्दा दर्ता भएकोमा ६ हजार २ सय ८६ मुद्दा फस्र्यौट भएका थिए भने ७६ मुद्दा बाँकी रहेका थिए । लुम्बिनीमा सबैभन्दा बढी अपराधिक घटना रूपन्देही जिल्लामा भएको प्रदेश प्रहरीको तथ्यांक रहेको छ ।

प्रहरीको तथ्यांक अनुसार, लुुम्बिनीमा आर्थिक बर्ष २०८०/०८१ मा १ हजार ८ सय ५७ मुद्दा दर्ता भएका छन् । लुम्बिनीमा सबैभन्दा कम मुद्दा रुकुममा भएको छ । रुकुममा बर्षभरी जम्मा ७३ मुद्दा मात्रै दर्ता भएका छन् । त्यस्तै, आर्थिक बर्ष २०८०/०८१ मा १ हजार ५ सय ८७, दाङ्गमा १ हजार २ सय ७६, बर्दियामा ६ सय ७९, कपिलवस्तुमा ६ सय ४, नवलपरासीमा ४ सय ६८, पाल्पामा २ सय ९०, गुल्मीमा २ सय ३७, प्युठानमा २ सय ६, रोल्पामा १ सय ९९, अर्घाखाँचीमा १ सय ६८ मुद्दा दर्ता भएका छन् ।

लुम्बिनीमा आर्थिक बर्ष २०८०/०८१ मा सबैभन्दा बढी मुद्दा ज्यान सम्बन्धी रहेका छन् । लुम्बिनी प्रदेश प्रहरीका अनुसार, प्रदेशका १२ जिल्लामा ज्यान सम्बन्धी १ हजार ३ सय ९० मुद्दा दर्ता भएका छन् । त्यसपछि आत्महत्याका मुद्दा रहेका छन् । लुम्बिनीमा १ हजार ३ सय २१ आत्महत्या सम्बन्धी घटना भएका छन् । त्यस्तै, सामाजिक अपराध सम्बन्धी १ हजार ९०, महिला बालबालिका सम्बन्धी ७ सय २९, संगठित तथा आर्थिक अपराध सम्बन्धी ७ सय ४८, सवारी सम्बन्धी ४ सय ९४, विविध १ हजार २ सय ७१ मुद्दा दर्ता भएका छन् ।

  • १० भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech