नेपालगन्ज: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह निर्विरोध निर्वाचित भएका छन्। वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए।
३५ वर्षीय जय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बनेको बीबीसी हिन्दीले दाबी गरेको छ। आईसीसी अध्यक्षका रूपमा जय शाहको कार्यकाल डिसेम्बर १, २०२४ देखि सुरु हुनेछ। निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो विश्वास व्यक्त गरे ।