कोहलपुर, बाँके: बाँकेको कोहलपुर नगरपालिकन वडा नं. १२ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समुहले आफनो वनमा लगाएका कागति एक महिना अगाडि सम्म लोभलाग्दो तरीकाले लटरम्म फलेका थिए । बाटैपच्छिे पुष्ट दानाले जस्को मनलाई पनि आर्कषित गराउने हैन जिब्रो नै रसाउन बाध्य पार्थे तर आज बुधवार भने ति कागतिहरुलाई रुखबाट उपभोक्ताहरुले अलग गराएर बााडफाँट गरेका छन ।
पाँच बर्ष अघि सामुदायिक वनमा समुहले सामुहिक खेती गर्न भन्दै ३ सय विरुवा रोपेको थियो । करीव ४ हेक्टर जमिनमा कागतिका बुटा रहेकामा ती बुटावाट एक हजार आठ सय केजि कागति उत्पादन भएको सिर्जना सामुदायिक उपभोक्ता समुहका अध्यक्ष सुमन पौडेलले न्युज मानसरोवरसंगको कुराकानिका क्रममा भने ।
उनले प्रत्यक समुह सदस्यहरुलाई २० किलोका दरले कागति भाग लागेको बताउदै ९० जना उपभोक्ता लाभान्भित भएको वताए । घरमा तरल कच्चा चुक पकाएर कति उपभोक्ताले कालो चुकको रुपमा आफनो भाग परेको कागतिको उपयोग गर्ने गरेका छन भने कतिले नजिकै रहेको कोहलपुर हाट वजारमा बिक्रि गरेका छन । अहिले कागति प्रति केजि ८० का दरले विक्रि हुदै आएको छ ।
बाँदर लगाएत अन्य वन्य जन्तुले समेत कागतिलाई नष्ट नगर्ने भएकाले पनि समुहले कागती रोप्ने निर्णय गरेको अध्यक्ष पौडेलको भनाई छ । वन समुहले सिजन अनुसार काठ दाउरा घाँस समेत आफना उपभोक्ताहरुलाई वितरण गर्ने गरेको छ ।