९ मंसिर २०८१, आईतवार

कास्कि सेवा समाजको तिज मिलन कार्यक्रम कोहलपुरमा सम्पन्न

जिल्लाको विभिन्न थाकथलोबाट आएर बसेका दाजुभाई दिदिबहिनीबिच सधै आत्मियता कायम राख्न जरुरि

  • सरला सुवेदी

कोहलपुर, बाँके: कास्कि सेवा समाज बाँकेले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजमा आवद्द महिला दिदिबहिनीहरुलाई बोलाएर शुभकामना आदानप्रदानसहित तीज मिलन कार्यक्रम गरेको छ । कास्कि जिल्लाबाट बाट बसाई सराई गरी बाँकेका बिभिन्न ठाउंमा स्थायी तथा अस्थायी बसोवास गर्ने कस्केलिहरुलाई एकजुट गर्ने र समाजका सदस्यहरुको सुख दुखमा साथ दिने उद्देश्यले गठन गरिएको समाजले विभिन्न सामाजिक र रचनात्मक काम समेत गर्दै आएको छ ।

तीजको अवसरमा कोहलपुरको न्युरोडमा राखिएको कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष शालिकराम लम्सालले कास्कि समाज सेवाका सस्थापक अध्यक्ष स्वर्गिय डम्बरराज सुवेदीलाई स्मरण गर्दै उहाँले गरेको त्याग र योगदानको बारेमा चर्चा गर्नु भएको थियो। कास्कि जिल्लाको विभिन्न थाकथलोबाट आएर बसेका दाजुभाई दिदिबहिनीबिच सधै आत्मियता कायम राख्न अति जरुरि रहेको बताउनु भयो।

यस्तै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य भिम प्रसाद पौडेलले हरितालिका तिजको शुभकामाना दिदै कास्कि समाजले तिज मिलन दशै मिलन मात्र नभएर अन्य सेवामुलककामम सक्रिय रहदै आएको र आगामि दिनहरुमा सेवाका कामलाई अझ बढि निरन्तरता दिने बताउनु भयो। यसरि सबै कस्केलिहरु एकै ठाउँमा जम्मा भएर दुखसुख साट्न पाउदा छुट्टै आनन्द आउने समेत उहाँले बताउनु भएको छ।

यस्तै कार्यक्रममा पत्रकार अछरि पोखरेलले दिदिबहिनीहरुलाई तिजको शुभकामना दिदै दिदिबहिनीहरुले भोग्ने गरेको दुख पिडा र बेदनालाई गित बनाएर गाउनु भएको थियो। उहाँले मानिस जो जहां रहेपनि आफ्नो संस्कार र संस्कृतिलाई भुल्न नहुने बताउनु भयो । संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अभियान अन्तरगत कास्कि सेवा समाजले हरेक बर्ष तिज मिलन गर्दै आएको बताउनु भएको छ। कार्यक्रमाम कास्किबाट बसाइँसराइ गरि आएका तिन सय भन्दा बढि परिवारको सहभागिता रहेको थियो।

  • १५ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech