६ पुष २०८१, शनिबार

तालुक कार्यालयलाई टेर्दैन गणेश मावि ढकेरी, ३० महिना सम्म पनि हाजिरवाट वञ्चित चौधरी

गणेश मा.वि ब्यवस्थापन समितिले सम्मानित अदालतको समेत अपमान गर्न पछि परेको छैन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बाँकेको राप्ति सोनारी ८ मा रहेको गणेश मा.वि. ढकेरीले आफनो विद्यालयमा स्थायी रुपमा शिक्षण गरिरहेकी पुष्पा कुमारी थारूलाई विद्यालय व्यावस्थापन समिति र विद्यालय प्रशासनले विगत ३० महिना देखी हाजिरी गर्नबाट बन्चित गराएको पाइएको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय समिति बाँकेले विदा मिलान गरि हाजिर गराउनु भन्ने ब्यहोराको पत्र विद्यालयलाई पठाएको भएपनि विद्यालयका प्रधानाध्यापक खडानन्द डाँगिले ठाडै हाजिर गराउन नसक्ने भन्दै तालुक कार्यालयको आदेशलाई लत्याईदिएका छन ।

विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले पुष्पा कुमारी थारु मिति २०७८ फाल्गुण ०१ गते देखी हाल सम्म सम्पर्कमा नआएको भनि बताए पनी उता पुष्पा कुमारी थारूले भने कोरोनाको समयमा आफु बिरामी भई अस्पातालमा भर्ना भएको र आफू भौतिक रुपमा उपस्थित हुन नसकेपनी हुलाक मार्फत पत्र पठाएको दावि गरेकी छिन । उक्त हुलाकबाट पठाएको पत्र पनि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद रेग्मी र प्रअ डाँगिले बुझन अस्विकार गरि शिक्षक चौधरीमाथि राजनैतिक हस्तक्षप गर्दै उनको भविष्यमाथि खेलवाड गर्दै आएको पिडितका आफन्तहरु वताउछन ।

नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग अतिरिक्त हुलाक कार्यालय बाँकेमा मिति २०७८ फाल्गुण १०गते पुष्पा कुमारी थारुले दर्ता गराएको आर डि ७८४०३३४३४ एनपि को पत्र प्रापकको रुपमा रहेको गणेश मावि ढकेरीले बुझ्न नमानेको तथ्य समेत वाहिरिएपछि यतिबेला गणेश माविमा भईरहेको राजनैतिक चलखेलको पर्दाफास हुदै गएको छ । यसरी सम्पर्कमा नै रहेको शिक्षिकलाई अहिले सम्म सम्पर्क विहिन भएको भनि आरोप लगाउन मिल्छ भनि प्रश्न गर्दा गणेश मावि ढकेरीका प्राध्यानाध्यापक खडानन्द डाँगि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद रेग्मीले उक्त कार्य आफ्नो पालामा नभएको र पहिलेको अरुले गल्ती गरेको कुराहरुको जिम्मा आफुहरुले नलिने जिकिर गरेका छन् ।

बिरामी हुँदा पनी पटक पटक भौतिक रुपमा साथै हुलाक मार्फत पत्र पठाएर असाधारण विदा माग्दा समेत बिदा नदिएको पुष्पा कुमारी थारुको भनाई छ।शिक्षा तथा सामाजिक विकास निर्देशनालय देउखुरी दाङ् को २०८१ जेठ ८ गतेको चलानि नम्वर ४१२ को पत्रानुसार प्रा. वि. तह तृतिय श्रेणीका शिक्षक पुष्पा कुमारी थारूलाई हाजिर गराउने व्यवस्थाका लागि शिक्षा निमावली २०५९ अनुसार पाउने विरामी विदा नियमानुसार स्वीकृत गरी विरामी बिदाबाट अपुग विदा असाधारण विदाबाट मिलान गरी स्विकृतको लागी विद्यालय ब्यवस्थापन समितिको निर्णय सिफारिस गरी शिक्षा विकास तथा समन्वय इकाइ बाँकेमा पठाउनु हुन र पुष्पा कुमारी थारुलाई विद्यालयमा हाजिर गराई पठन पाठनमा लगाउनको लागि निर्देश गर्दा पनी गणेश मा.वि. ढकेरी प्रशासन र विद्यालय ब्यवस्थापन समितिले पत्रको ब्यहोरालाई अटेर गर्दै उनलाई शिक्षा विकास समन्वयले पठाएको पत्रले कानुनी प्रक्रिया पुरा नगरेको भनि उनलाई लामो समय देखी हाजिरीमा रोक लगाउँदै आएको हो।

पुष्पा कुमारी थारुलाई लाग्दै आएको बहुविवाहको मुद्धामा २०८० साल असोज २२ गते बाँके जिल्ला अदालतबाट सफाई पाई सकेको र जिल्ला सरकारी वकील कार्यालय बाँके महान्यायाधिवक्ताको कार्यालयको मिति २०८०चैत्र २५ गतेको चलानी न १७९१ पत्रबाट उक्त फैसला उपर पुनरावेदन नगर्ने मस्यौदा सहित निर्णय निकासा भई जानकारी प्राप्त भएको हुँदा उक्त मुद्धामा पुष्पा कुमारी थारूको हकमा जिल्ला सरकारी वकील कार्यालयले समेत अन्तिम टुँगो लागिसकेको ब्यहोरा समेत न्युज मानसरोवरलाई प्राप्त भएको छ ।

यसरी अदालती प्रक्रियाबाट टुँगो लागि सकेको कुरालाई विद्यालय ब्यवस्थापन समितिको बैठकमा पटक पटक अनैतिक सम्बन्ध भनि निर्णयमा उल्लेख गरेकाले गणेश मा.वि ब्यवस्थापन समितिले सम्मानित अदालतको समेत अपमान गरेको पुष्पा कुमारी थारुको ठहर छ । नैतिक तथा कानुनी रुपमा समेत प्रश्न गर्ने विद्यालयलाई राजनैतिक क्रिडा स्थल वनाउने ब्यबस्थापन समिति अध्यक्ष र प्रअ.ले जवाफदेहिता र जिम्मेवारीतालाई समेत दुरुपयोग गरेको पाईएको छ ।

पुष्पा कुमारी थारुको हकमा विद्यालय व्यवस्थापन समितिले गरेको सिफारिसका सम्बन्धमा शिक्षा नियमावलीको नियम २५ को १३३ बमोजिम शिक्षा विकाश तथा समन्वय इकाईलाई सिफारिस गरी पठाएकोमा शिक्षा नियमावली, २०५९ को नियम १३६ को १३८,१४०,१४३ बमोजिम कानूनी कारवाही अनुसन्धानमा रही विचाराधिन रहेको भन्ने शिक्षा विकाश तथा समन्वय इकाई बाँकेले उच्च अदालत तुलसीपुर नेपालगन्जलाई लिखित जवाफ पेश गरेको हुँदा निर्णय हुन बाँकी रहेको र कारबाही सम्बन्धी विषय विचाराधिन रहेको अवस्थामा माग गरे बमोजिम उत्प्रेषण तथा परमादेशको आदेश जारी हुनुपर्ने अवस्थाको विद्यमानता नदेखिएको हुँदा उच्च अदालत तुलसीपुर नेपालगन्जमा परेको निवेदन खारेज नै गरिदिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका इकाइ प्रमुख राम सुरेश यादवले मिति २०८१ साल असार ०६ गते पुष्पा कुमारी थारुले शिक्षा नियमावली २०५९ अनुसार पाउने विरामी विदा नियमानुसार स्वीकृत गरी विरामी बाट अपुग विदा असाधारण विदाबाट मिलान गरी विद्यालयमा हाजिर गराई पठन पठानमा लगाउनको लागि निर्देश गर्दा समेत विद्यालय ब्यवस्थापन समितिले तालुक कार्यालयको आदेश पनी नमान्ने अटेर गर्ने गरेको वताएका छन ।शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले हाजिर गराउने सम्बन्धमा आवश्यक समन्वय र सहयोग गरी दिनको लागि राप्तीसोनारी गाउँपालिका बाँकेलाई अनुरोध गरेको भएपनी गाउँपालिकाले पनी आवश्यक सहयोग नगरेको पुष्पा कुमारी थारू वताउछिन ।

कोरोनाको समयमा आफ्नो स्वास्थ्यमा गम्भिर समस्या देखा परेकाले २०७८ फाल्गुन १ बाट विद्यालयमा नियमित उपस्थित हुन असमर्थ सो कुराको हुलाक मार्फत लिखित निवेदन पठाएको र फोन मार्फत पनी विद्यालयको प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्ष समेतलाई उपचारको निमित्त भारतको लखनउ गएको जानकारी गराएको बताएकी छिन । हुलाक मार्फत २ पटक सम्म असाधारण बिदा मागेर पत्र पठाउँदा समेत विद्यालय ब्यवस्थापन समितिले उक्त पत्र बुझ्न नमानी असाधारण बिदा स्विकृत नगरी दिएको र अहिले आएर आफु पटक पटक सम्पर्कमा आउँदा समेत लामो समय सम्म सम्पर्क विहिन भएको भनि विद्यालय ब्यवस्थापन समितिले कानुनी प्रक्रिया नपुगेको भनि हाजिर हुनबाट बन्चित गराएको उनि बताउँछिन ।

विद्यालयको विद्यालय व्यवस्थापन समितिको २०८१ भाद्र १६ गतेका दिन बसेको बैठकको निर्णयले शिक्षक पुष्पा कुमारी थारु मिति २०७८फाल्गुण०१ गते देखि विद्यालयमा विना जानकारी अनुपस्थित भएको र विद्यालय मार्फत विभिन्न समयमा पत्राचार तथा स्थानिय पत्रपत्रिका मार्फत विद्यालयको सम्पर्कमा आउन जानकारी गरिएको भएता पनि हाल सम्म सम्पर्कमा नआइ मिति २०८१असार ३० गते विद्यालयमा उपस्थित भई शिक्षा विकास तथा समन्वय इकाइको पत्रादेस अनुसार हाजिरी गराइ कामकाजमा लगाइ पाँउ भनि निवेदन पेश गरेको हुदा शिक्षा नियमावली २०५९को व्यवस्था अनुसार निज शिक्षकको असाधारण विदा स्विकृतको लागी सिफारिस गर्नुपर्ने व्यवस्थाको लागी विदा वस्नु भन्दा अगाडी सम्वन्धित शिक्षकले विद्यालयमा निवेदन दिई विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईबाट विदा स्विकृत गराउनुपर्ने व्यवस्था रहेकोले हाल पछिल्लो समयावधिमा असाधारण विदाको निणर्य गर्नु नियम विपरित हुने भएको भन्दै हाजिरी लगाइ पठन पाठन कार्यमा लगाउन नसक्ने बताएको छ।

विद्यालय ब्यवस्थापन समितिले पुष्पा कुमारी थारूलाई हाल सम्म सम्पर्कमा नआएको बताएपनी अतिरित्त हुलाक कार्यालय बाँके मार्फत २ पटक सम्म पठाएको पत्र गणेश मा.वि. ढकेरीले बुझ्न नमानेको भनि मिति २०८१ जेठ २९ गते शिक्षा विकास तथा समन्वय इकाइ लाई पत्र पठाएको पाईएको छ जसले गर्दा विद्यालय ब्यवस्थापन समितिले पनी अहिले सम्म सम्पर्क हुन नसकेको भनि झुटको बोल्ने गरेको प्रष्ट देखिन्छ।
पिडित चौधरीका अनुसार आफुलाई विद्यालय हाता भित्र प्रबेश सम्म गर्न नदिएको भन्दै आफनो सट्टामा आफु अनुकुलको मान्छे राख्न राजनैतिक चलखेल गरेको वताएकी छिन ।

पिडितका आफन्तका अनुसार नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्माले गाउपालिका र विद्यालयमा भाँडभैलो गराउदै हाजिर नगराउन दवाव दिएपछि विद्यालय ब्यबस्थापन समिति र हेडमास्टरले उनकै प्लान र रोडम्याप बमोजिम हाजिर गर्न नदिएको आरोप लगाएका छन । सरकारले लामो समय विद्यालयमा हाजिर नभएका र द्धन्द्धकालमा भुमिगत भएका शिक्षकहरुलाई समेत हाजिर गराई निरन्तरता दिईरहेको बेला गणेश मावि ढकेरी भने राजनैतिक गिजलोमा फस्दै प्रतिशोधपुर्ण तरिकाले निज चौधरीलाई हाजिर गर्नवाट बञ्चित गराएको पाईएको छ ।

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech