७ पुष २०८१, आईतवार

बाँकेमा प्राकृतिक स्रोतको विवाद अन्त्य गर्दैःद्वन्द्व रुपान्तरण केन्द
  • रबि रोकाया

बाँके\प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजमा जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ । आज उक्त समितिको बैठक जिल्ला समन्वय समितिको बैठक कक्षमा सम्पन्न गरिएको  हो । जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार समितिको बैठकमा बोल्दै कार्यक्रममा कार्यक्रम संचालक तथा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका जिल्ला संयोजक रोहित चौधरीले जिल्लामा मेलमिलाप तथा द्वन्द्व रुपान्तरण कार्यक्रमको औचित्य तथा हाल सम्म भएका उपलब्धी बारे जानकारी गराएका थिए ।

केन्द्रले जल, जमिन, जङ्गलसित सम्बन्धि बहुसरोकारवाला विवादलाई माकुरा पद्धतिमा समुदाय स्तरमा समुदायको चाहना अनुसार विवाद समाधान गर्दै आएको छ । संयोजक चौधरीका अनुसार हालसम्म ३ सय ६५ विवाद समाधान गरिएका छन् ।

जल, जमिन र जंगलमा देखिने विवादलाई समाधान गर्न स्थापना भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल बाँकेले आफ्नो कामलाई तीव्रता दिँदै आएको पाइएको हो । त्यसमा जंगलसंग सम्बन्धित २ सय , जमिन १ सय १५ र जलका ५०विवाद छन् ।

द्वन्द्व समाधानपछि समुदायबीच सम्बन्ध सुधार, विकास निर्माणका कार्य सुचारु, जीविकोपार्जनमा सहयोग, भौतिक पूर्वाधार निर्माणका संरचना निर्माणका कार्य र समग्र राज्यलाई सहयोग पुगेको कुरा बताए । संस्थाले जिल्लाको बैजनाथ,गाउँपालिका,कोहलपुर नगपालिका ,खजुरा गाउँपालिका,राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिकामा काम गरिरहेको समेत जिल्ला संयोजक चौधरीले जानकारी गराए ।

देशभरमा १९ वटा जिल्लामा कार्यरत यो संस्थाले बाँकेमा हाल यस चरणमा ६ वटा विवादहरुमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काम गरिरहेको जानकारी गराए ।  ४ वटा जंगल र २ वटा जमिनसँग सम्बन्धित विवादहरुमा काम गरिहेका छौँ चौधरीले भने । आर्थिक वर्ष २०७९।८० मा ४ सय २६ वटा मुद्धा हेरिहेको छ । न्यायिक क्षेत्रको सुधारमा न्यायिक समितिले काम गरिएको छ । खजुरा गाउँपालिकामा उपाध्यक्ष मन्जु मल्ल भनिन ।

राजनितिक दबाब सृजना गरिन्छ तर मेलमिलाप गर्ने  वातावरण सृजना गरेरे सबैको विश्वास पात्र भएर हाल सम्म मेलमिलाप गरिरहेको बताईन। मल्लका अनुसार द्वन्द्व रुपान्तरण केन्द्रले मेलमिलापमा समेत सहयोग गरिरहेको बताईन। बैजनथा गाउँपालिका वडा नं. ४ र कोहलपुर नगरपालिका वडा नं.१ कौशिलानगर क्षेत्रमा जग्गाको  विवाद रहेको छ ।

यस विवादमा पनि केन्द्र नेपाल सहजीकरण गर्न जरुरि रहेको कुरा जोड दिदै जिल्ला समन्वय समिति संयोजक नरेन्द्रकुमार चौधरीले परियोजनाले राम्रो काम गरिरहेको उल्लेख गरे । उनले भने बाँके जिल्लाका अन्य स्थानीय तहमा समेत परियोजना संचालन हुनसके राम्रो हुने विश्वास समेत व्यक्त गरेका छन। उनले भने परियोजनाले फाटेको मन सिलाउने काम गरिरहेको छ ।

उहाँहरुको काम प्रति उच्च सम्मान छ । उनले मिलमिलापको माध्यम बाट दुवै पक्षलाई विजयी गराउने काम उल्लेखनीय रहेको बताए । कार्यक्रममा जिल्ला स्थित सरकारी निकायका प्रमुख तथा प्रतिनिधि जिल्ला समन्वय समिति उप प्रमुख सिता कार्की बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल लगाएतको सहभागिता रहेको थियो ।

  • ६ आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech