१० मंसिर २०८१, सोमबार

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू, धान नकाट्नू
  • न्युज मानसराेवर

बाँके:राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि ९असोज ११ र १२० रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै प्राधिकरणले हिमाली र पहाडी जिल्लाहरूमा रात्रिकालीन बस नचलाउने निर्णय गरेको हो।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार अन्त्यन्त जरुरी अवस्थामा रहेका बाहेक अन्य यात्रा नगर्ने लगायतका निर्णय गरेको प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए। त्यस्तै, धान तत्काल नकाट्न र काटिसकेको भए थन्काउन पनि आग्रह गरिएको छ।

हाल  (बिहीबार साँझ) देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली  (आकाशभरि बादल) छ। कोसी प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज राति  (आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) पनि देशभर मौसम साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना ८० प्रतिशत रहेको महाशाखाले उल्लेख गरेको छ।

आइतवारसम्म आरीघाेप्टे वर्षाकाे सम्भावना, ५६ वटा जिल्लामा ‘रेड अलर्ट’

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech