१४ असार २०८२, शनिबार

राप्ती राजमार्ग तीन अवरुद्ध हुने
  • न्युज मानसराेवर

तुलसीपुर : राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार त्यस क्षेत्रमा वर्षाका कारण पहिरो खसेको र कतिपय स्थानमा सडक दबिएका कारण सडक मर्मतको काम शुक्रवारदेखि सुरु भएको छ ।

ठुला सवारी साधन टिपर र ट्रक सञ्चालनमा मात्रै रोक लगाएको तर साना गाडी भने निर्बाध रुपमा सञ्चालनमा रहने  जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राप्ती राजमार्गअन्तर्गत अमेलिया तुलसीपुर सडक खण्ड भने सञ्चालनमै छ ।

  • ११ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech