१० मंसिर २०८१, सोमबार

झ्याप्ले खोला पहिरोबाट २९जनाको शव निकालियो
  • न्युज मानसराेवर

काठमाडौँ: धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ । नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ।

पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको शव निकालिएको  हाे ‌ ।

पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान गरिएको छ। डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ। माथिबाट ठुलो पहिरो खसेको देखिन्छ र पहिरोले छ सातवटा सवारी साधनमा क्षति पुर्‍याएको छ। बस पुरिएको भगनावेश हटाउन र मृतकहरूको थप उद्धार गर्नका लागि सुरक्षाकर्मीहरू यहाँ परिचालन गरिएको छ ।

  • १३ आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech