१३ असार २०८२, शुक्रबार

अव कोहलपुर नजिकै शवदाह गृह

करिब १ करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: अव कोहलपुर नगरपालिका वडा नं. ११ स्थित क्रिकेट मैदानको पुर्वि दिशामा शवदाह गृह वन्ने पक्का पक्कि भएपछि शवदाहकालागि धेरै टाढाको दुरी कम हुने विश्वास लिईएको छ । बाँकेको कोहलपुर नगरपालिकाले डुडुवा र रोहिणी खोलाको दोभानमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने भन्दै आज आईतवार शवदाह गृहको शिलान्यास गरिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाह गृहको संयुक्तरुपमा शिलान्यास गरेको नगरपालिका स्रोतले जनाएको छ । सो अवसरमा नगर प्रमुख आचार्यले शवदाह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने बताए । कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्यष्टिका लागि राप्तीसोनारीको अगैया र बबई समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो,उनले भने अब त्यो अवस्था रहँदैन । प्रारम्भिक रुपमा करिब १ करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको उनले बताए ।

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कोहलपुर शवदाह गृहको शिलान्यास गरिएको शवदाह गृह निर्माण समितिक संयोजक अधिकारीले जानकारी जनाएका छन । शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइनेछ भने त्यहाँ मलामीहरु बस्नका लागि संरचना समेत निर्माण गरिनेछ । शौचालयको सहितको कोहलपुर शवदाह गृह निर्माणका लागि ग्लोवल बैंकले ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ भने एभरेष्ट बैंक र गोल्छा ग्रुपले पनि सहयोगको प्रतिबद्धता जनाइसकेको उल्लेख गरिएको छ ।

  • २० आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech