कोहलपुर: बाँकेको कोहलपुर नगरपालिका वडा नं.११ न्युरोड स्थित खुला मैदानमा रोपिएका बिरुवा भाँच्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. २ का सुरेन्द्र थापा रहेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका थापालाई इलाका प्रहरी कार्यालयले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
उनलाई अभद्र व्यवहार सम्वन्धी कसुरमा मुद्दा दायर भएको पनि थापाले बताए । खुला मैदानमा रोपिएका विरुवा भाँचेको र दुर्गामूर्ति पुजाका लागि सजाइएको झिलिमिलि वत्तिका तारहरु समेत चुडाउँदै हिडिरहेको अवस्थामा थापालाई शनिवार मध्यराती १२ बजेतिर नगर प्रहरीको टोलिले पक्राउ गरेको थियो ।