८ मंसिर २०८१, शनिबार

गाभरका कृष्ण चौधरीका यस्ता पनि कृष्ण लिला

ओस्ताज कृष्ण चौधरीको रैथाने वालि संरक्षण, रैथाने कला,भाषा संस्कृती संरक्षणमा नयाँ आयाम

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: घरवास कार्यक्रमलाई प्रभावकारी रुपले सञ्चालन गरेका बाँके बैजनाथ १ गाभरका कृष्ण चौधरीले पछिल्लो समय जैविक विविधता संरक्षणकासाथै थारु कला संस्कृती संरक्षणमा समेत सक्रिय देखिएका छन । कृष्णले थारु समुदायको परम्परागत ज्ञान, कला, सिप र प्रविधिको संयोजनमा घर घरमा परम्परागत कलात्मक चित्र कोर्ने कार्यकासाथै आफनै होमस्टेवाट काष्ठकलाका सामग्री उत्पादन र बिक्री कार्यको शुरुवात गरेका छन।

गाभर होमस्टे नं १ का सञ्चालक कृष्ण चौधरिले आफनो घरवासमा आउने पाहुनाहरू लक्षित परम्परागत काष्ठकलाका सामाग्रि उत्पादन गरेर वितरण कार्यलाई तिव्रता दिएका हुन । उनले कतिपयलाई उपहारस्वरूप थारु काष्ठकला झल्किने सामग्री प्रदान गर्ने गरेका छन भने कतिपयलाई लागत मुल्यमा केहि मार्जिन राखेर सशुल्क वितरण गर्दै आएका छन ।

थारु कला संस्कृतीको एकातिर जर्गेना हुने र अर्कोतिर आम्दानीको स्रोत समेत थपिने भएपछि काष्ठकलाका सामाग्रि निर्माणमा हौसिएका कृष्ण आजभोलि उनी होम स्टेको परिकार वनाउन भन्दापनि काष्ठकलाका सामाग्रि निर्माण गर्दै गरेको अवस्थामा भेटिने गरेका छन ।

गाभर होमस्टेमा निर्माण गरिने काष्ठकलाका सामग्रीहरूमा बबुर, कुसुम, सिसम, साधन सिसम, सतिसाल, र बिजयसाल जस्ता काठहरूको प्रयोग गरिने कृष्णको भनाई छ, यी काठहरूलाई बिभिन्न आकार प्रकारमा ढालेर विभिन्न उपयोगी सामग्री उत्पादन गर्ने कृष्णले थारुहरुले परम्परागत रुपमा प्रचलनमा ल्याएका चौकि वेलना,डोक्नि, पिर्का लगाएतका सामाग्रि निर्माण गर्दै आएको वताउँछन ।

खासगरी थारु परम्परासँग सम्बन्धित सामग्रीहरूलाई प्राथमिकतामा राखिन्छ, जसले पर्यटकहरूलाई थारु जीवनशैलीको नजिक पुर्‍याउँछ। थारु समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गर्नका लागि यो विशेष पहल गरिएको कृष्ण चौधरीले जानकारी दिदै भने।

चौधरि परिवारले होमस्टेमा निर्माण गरिने काष्ठकलाका सामग्रीहरूको मात्र बिक्री गर्दैन, उनीहरूले यसलाई सङ्ग्रहालयका रूपमा पनि विस्तार गरेका छन्। यो सङ्ग्रहालयले थारु काष्ठकलाको सम्पदा प्रदर्शनी मात्र गर्दैन, पर्यटकहरूको आकर्षणलाई झन् बढाएको छ। ओखल, किस्टि, गिलास, बेल्नाचौका, डोकनि, ठेकी जस्ता सामग्रीहरूलाई परम्परागत ढाँचामा तयार गर्ने परिश्रम र कलाको उच्च सम्मानमा रहेको कुरा स्पष्ट हुन्छ।

पर्यटकहरू यस्ता हस्तकला सामग्रीहरूमा आकर्षित छन् र थारु काष्ठकला प्रविधिको नयाँ नमुना हेर्ने अवसरलाई पनि निकै सराहना गर्छन्। गाभर होमस्टेले भारत लगायतका विभिन्न देशबाट आउने पर्यटकहरूलाई पनि आकर्षित गरेको छ। होमस्टेका सञ्चालक कृष्ण चौधरिका अनुसार धेरै विदेशी पर्यटकहरूले यहाँका काष्ठकलाका सामग्रीहरू सम्झना स्वरूप लिने गरेका छन्। विशेष गरी भारतबाट आएका पर्यटकहरूले यस्ता सामग्रीहरू किन्नमा ठूलो रुचि देखाएका छन्।

नयाँ नयाँ कामको थालनि गरेर आफनो होम स्टेमा पाहुनाहरुलाई आर्कषित गर्न ओस्ताज कृष्ण चौधरीले रैथाने वालि संरक्षण, रैथाने कला,भाषा संस्कृती संरक्षणमा नयाँ आयाम थपेका मात्र छैनन उनको होमस्टे रहेको वारीभरि लोभलाग्ला विरुवाहरु रोपेर पर्यटकको आर्कषणको केन्द्रविन्दु नै वन्न सफल भएको छ।

  • २८ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech