२ कार्तिक २०८१, शुक्रबार

उद्योगधन्दा स्थापनाका मुद्धा खै ?
  • न्युज मानसराेवर

कात्तिक ३ गते (भोली) कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन हुदै छ । करिब एक हजार ६ सय ६८ मतदाताले आगामी ३ वर्षे कार्यकालका निम्ति नयाँ नेतृत्व चयन गर्ने छन।चुनावी मैदानमा प्रगतिशित प्यानलको नेतृत्व अन्जना धितालले गरेकी छन भने लोकतान्त्रीक प्यानलको नेतृत्व प्रदिप भट्टराईले गरेका छन। चुनावी नारा र प्रतिवद्धतामा अनुरुप लिएका दुवै समुहमा स्थानीय तहका निर्वाचनका बाचा जस्ता देखिएका छन। तर कार्यान्वयन हुने विषयमा आम समुदाय तथा व्यापारीहरुको निम्ति शंकाको विषय भने बनेको छ ।

उम्मेदवारमा उत्सह छ, बाणिज्य संघको नेतृत्वका निम्ति तर नेतृत्वमा पुगेपछि गर्ने कार्ययोजना मुद्धाहरु भने देखिएको छैन ।प्रतिवद्ध  भन्दा पनि कोहलपुरको आम समुदाय तथा यहाँका व्यापारीहरुको भावि कार्यायोजनामा समेत यहाँका आम नागरिकहरुको रुपान्तरण हुन आवश्यक हुन्छ ,त्यो भावि ३ वर्षे कार्याकालको नेतृत्व गर्न आतुर दुवै समुहमा देखिएको छैन ।

मुख्य रुपमा कोहलपुरको आम समुदायहरु समेत अपनत्व हुने खालका मुख्य रुपमा रोजगारी सृजना गर्नाका निम्ति उद्योग तथा ब्यापारको स्तर मापनमा सुधार हुन आवश्यक देखिन्छ । त्यसका निम्ति जोखिम पन्छाउन सजिलो उपाय भनेको भाडा खाने गतिविधि हो । वैधानिक राजनीति गर्नेको लागि उद्योगधन्दा अतिरिक्त आम्दानीको स्रोत बन्न पुग्नु अर्को दुर्भाग्य हो । मुलुकमा कुशासनका कारण पनि उद्योगधन्दाको विकास र विस्तार हुन सकिरहेको छैन।

अब कोहलपुर नगरपालिका स्थानीय सरकारले उद्योगमैत्री वातावरण सिर्जना गरी उद्योगधन्दाको विकास र विस्तारमा विशेष ध्यान दिनुपर्छ। हामीकहाँ उद्योगधन्दाको विकास हुन नसक्दा एकातिर रोजगारीका अवसरहरु सिर्जना हुन सकेका छैनन् भने अर्कोतर्फ आर्थिक गतिविधि पनि चलायमान हुन सकेको छैन । उद्योगधन्दाको विकासले आर्थिक गतिविधिलाई चलायमान गराउँछ र आर्थिक वृद्धिमा थप सहयोग गर्दछ। यसका साथै रोजगारीका अवसरहरु पनि सिर्जना भई यहाँ कोहलपुरका युवाहरु विदेश जाने क्रममा कमी आउँछ ।

उद्योगधन्दाको विकासले घरेलु अर्थतन्त्रलाई मात्र सहयोग गर्दैन, निकासी व्यापारमार्फत देशबाहिरबाट धन भित्र्याउने अवसर पनि प्रदान
गर्दछ । सपन्नताको मार्गमा अगाडि बढिरहेका र हासिल गरिसकेका राष्ट्र सबैमा औद्योगिकीकरणले तीव्रता लिएपछि नै आर्थिक वृद्धि राम्रो भएको थियो ।  उद्योगधन्दाले रोजगारीमार्फत आय बढाएपछि उपभोग्य वस्तुको माग पनि बढ्छ । धेरै लचक नभए पनि खाद्यान्नको माग पहिलो प्राथमिकतामा पर्दछ । खाद्यान्न सस्तो हुँदा ज्यालामा दबाब पर्दैन, महँगो भयो भने ज्यालामा दबाब पर्दछ ।

फलस्वरुप, रोजगारीको अवसर खुम्चिन्छ । त्यसै गरी कतिपय कच्चा पदार्थ कृषिक्षेत्रबाट प्राप्त हुन्छ । त्यसकारण औद्योगिकीकरण र कृषि विकास साथसाथै जानुपर्दछ, एक–अर्काको परिपूरकको रुपमा । खाद्यान्नको परनिर्भरताको असर सबैभन्दा खतरनाक हुन सक्छ । कल्पना गरौं त भारतबाट इन्धन नआउँदा हामीले हिँडेर काम चलायौं तर खाद्यान्न आएन भने भोकै बसेर त बाँचिदैन होला ।

फेरि, कृषिलगायत उद्योगधन्दाको विकास र विस्तार भएन भने भाडा असुल्ने प्रवृत्ति भएको आर्थिक गतिविधि मात्र सञ्चालन हुन थाल्छ । अर्थ व्यवस्था उद्यमीभन्दा नाफाखोरको क्रीडास्थल बन्दछ । यस्तो खतरनाक अवस्था आउन दिनुहुँदैन ।उद्योगधन्दा वा कृषि विकासमा होस्, सबै अर्थिक गतिविधिको लागि जोखिमको मात्रा कम हुनुपर्दछ । जोखिम नियन्त्रणमा भएन भने लगानी डुब्ने डर हुन्छ ।

त्यसै गरी लगानीबाट उचित प्रतिफल प्राप्त हुने अवस्था भएन भने पनि लगानी हुँदैन । त्यस तर्फ अब कोहलपुर बाणिज्य संघको नेतृत्वले पहल लिन आवश्यक छ । यहाँ त कोहलपुर उद्योग बाणिज्य संघ ब्यापार मेला लगाउने र निश्चित ब्यापारी तथा व्यवसायीक हितका निम्ति केन्द्रित हुने हाल सम्मको दृष्टिकोण बनेको देखिएको पाईन्छ । मौसममा भर पर्ने कृषिमा जोखिमको मात्रा एकदमै बढी छ ।

रोपेर नथन्क्याउँदासम्म जोखिम नै जोखिम छ । त्यसै गरी वैदेशिक रोजगारीले कृषिको लागि प्राप्त हुने मजदुर महँगो हुन जाँदा कृषि गतिविधि घाटाको उद्यममा परिणत भएको छ । गाउँमा मनग्य जमिन भएका मानिस पनि जग्गा बाँझै राखेर शहरमा बसी रमाउन थालेका छन् । यसका कारण उत्पादनमा समस्या आइरहेको छ ।गाँउघरमा जताततै खेतीयोग्य जमिन बाँझिने क्रम बढिरहेको छ ।

कृषि गतिविधि राम्रो प्रतिफल दिने क्षेत्र नभई नेपालमा कृषि विकासको सम्भावना देखिँदैन । उद्योगधन्दा सघन लगानी माग गर्ने क्षेत्र हो ।जोखिम कम गर्न सकिएन र प्रतिफल सुनिश्चित भएन भने खल्तीबाट मानिसले उद्योगधन्दामा लगानी गर्दैन । जोखिमको मात्रा सरकारको नियमन व्यवस्था, शान्ति सुरक्षा, श्रम सम्बन्ध, सम्पत्तिको संरक्षण, कर व्यवस्था, प्रभावकारी करार कार्यान्वयन, विवाद निरुपण आदि चिजमा निर्भर रहन्छ ।

नेपालको उद्यम क्षेत्र पहिलेदेखि नै भाडा असुल्ने वर्गको पेसा भएको छ, वास्तविक उद्योग व्यवसायीको विकास हुन सकेको छैन । सत्ता वा राजनीतिज्ञको फेर समातेर भाडा खाने वर्गको हालिमुहाली छ।जोखिम पन्छाउन सजिलो उपाय भनेको भाडा खाने गतिविधि हो । वैधानिक राजनीति गर्नेको लागि उद्योगधन्दा अतिरिक्त आम्दानीको स्रोत बन्न पुग्नु अर्को दुर्भाग्य हो । मुलुकमा कुशासनका कारण पनि उद्योगधन्दाको विकास र विस्तार हुन सकिरहेको छैन। अब सरकारले उद्योगमैत्री वातावरण सिर्जना गरी उद्योगधन्दाको विकास र विस्तारमा विशेष ध्यान दिनुपर्छ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • Nabintech