६ कार्तिक २०८१, मंगलवार

अब २ सय ९१ मत मात्र गणना हुन बाँकी
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर उद्योग बाणिज्य संघको मत मतगणना जारी रहेको छ ।

संघको आगामी ३ वर्षे कार्यकालका निम्ति पदाधिकारी मतगणना अन्तिम अन्तिममा पुगेको छ ।

कूल एक हजार ४ सय ९५ मत मध्य पदाधिकारीको अब गणना हुन जम्मा २ सय ९१ मत गणना हुन बाँकी रहेको प्रमुख निर्वाच आयुक्त लोक बहादुर शाहले जानकारी गराएका छन।

त्यसै गरी सदस्यहरुको मतगणना भने समाप्त भएको छ ।

केही बेरमा सदस्यहरुको अन्तिम विवरण बारे जानकारी गराईने तयारी रहेको आयुक्त शाहले जानकारी गराएका छन।

यद्यपी कूल १० सदस्यहरुको विवरणमा प्रगतिशिल व्यवसायी समुहका दुई जना विजयी भएको छन। उनीहरु अंकित सिग्देलले ६ सय ७९ मत ल्याएर विजयी भएका छन भने ढक बहादुर थारुले ६सय ९ मत ल्याएर विजयी विजयी भएका छन। त्यसै गरी लोकतान्त्रीक व्यवसायी समुहका ८ जना सदस्य विजयी भएका छन।

  • ४ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech