१२ असार २०८२, बिहीबार

प्लास्टिकका मालाको प्रयोग कोहलपुरमा प्रतिबन्ध
  • न्युज मानसराेवर

कोहलपुर \बाँकेको कोहलपुर नगरपालिकाले तिहार नजिकिदैं गर्दा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीका अनुसार प्लाष्टिकका मालाहरुको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध गरिएको हो ।

तिहार लगायतका चाडपर्वमा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने भएकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले सबै नगरवासीलाई अनुरोध समेत गरेका छन।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech