७ कार्तिक २०८१, बुधबार

आज मुख्यमन्त्री आचार्य बाँके आउँदै
  • न्युज मानसराेवर

नेपालगन्ज:लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज बुधबार विहान नेपालगन्ज आइपुग्ने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको सय दिन पुग्दै गरेका आचार्य बाँकेमा पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्न नेपालगन्ज आइपुग्ने भएका हुन् । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार, विहान ८ बजे नेपालगन्ज आइपुग्ने गरी समयतालिका बनाइएको छ । बाँकेको खजुरामा सुशासन सम्बन्धी एउटा विशेष कार्यक्रममा सम्बोधन गर्न मुख्यमन्त्री आचार्य यहाँ आइपुग्न लागेका हुन् । त्यसक्रममा जिल्ला स्थित कार्यालयका प्रमुखसँगको भेटघाट लगायत विभिन्न औपचारिक कार्यक्रममा मुख्यमन्त्री आचार्य सहभागी हुने बताइएको छ ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech