१० कार्तिक २०८१, शनिबार

लुम्बिनी प्रदेशमा अर्घाखाँची प्रहरी उत्कृष्ट
  • न्युज मानसराेवर

बाँके\जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशका अन्य जिल्ला प्रहरीको तुलनामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयबीच भएको कार्यसम्पादन मूल्याङ्कनमा तोकिएका नतिजा सूचकहरु उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।लुम्बिनी प्रदेश प्रहरीले प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयसँग प्रत्येक वर्ष कार्य सम्पादन सम्झौता गर्दै आएको छ । गत वर्षको मूल्याङ्कनमा पनि अर्घाखाँची प्रहरी नै प्रथम भएको थियो ।

  • १० कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech