२९ कार्तिक २०८१, बिहीबार

रवि लामिछाने थप १३ दिन हिरासतमा बस्ने
  • न्युज मानसराेवर

कास्की:कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसूरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको एकल इजलासले सो निर्णय गरेको हो। अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन्।

उनीसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाईं र पूर्वसंचालक रामकुमार खनाललाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ। रविलाई प्रहरीले असोज २ गते काठमाडौंमा पक्राउ गरेको थियो। अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो।

उनीविरुद्द रुपन्देही प्रहरीले पनि पक्राउ पूर्जी जारी गरेको छ। कास्की प्रहरीले यहाँको अनुसन्धान सकेपछि पूरक अनुसन्धानको लागि रविलाई बुटबल पठाउने जानकारी दिएको छ।

 

 

  • २५ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech