२६ मंसिर २०८१, बुधबार

परम्परागत संस्कार सिकाउदै गोरखा युनाईटेड

जैविक विविधता संरक्षण देखि परम्परागत कला संस्कृती र शिपको शिक्षामा जोड

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले आफनो विद्यालयमा अध्यनरत वालवालिकाहरुलाई परम्परागत सिप तथा संस्कार सिकाईमा जोड दिन थालेको छ । विद्यालयले वालवालिकाहरुलाई सालका पातवाट टपरी वनाउने, कपासवाट वत्ति कात्ने एवं सामान्य कपडा तुन्ने कला सिकाएर नेपालीहरुले आफना गाउँ घरमा परापुर्वकालदेखि गर्दै आएको कामलाई व्यवहारीक शिक्षा मार्फत सिकाई प्रदान गरिरहेको विद्यालयका सञ्चालक अध्यक्ष  केशर बहादुर आले मगरले न्युज मानसरोवरलाई वताएका छन ।

उनले कक्षा ७ का वालवालिकाहरुलाई विभिन्न भोज भतेर तथा पुजा आजामा प्रयोगमा आउने टपरी दुना गाँस्ने कला सिकाएर पुरानो संस्कार संस्कृती संरक्षण गर्दै वातावरण संरक्षणलाई समेत टेवा पुग्नेगरि वालवालिकाहरुलाई व्यवहारीक शिक्षा सिकाई दिने चाँजोपाँजो मिलाएको बताए  । बजारमा बेग्रेल्ति प्रयोगमा आउने पलाष्टिकजन्य सामाग्रिले वातावरणीय सन्तुलनलाई चुनौति दिईरहेको सन्दर्भमा चाँडै कुहिने सालका पातवाट प्लाष्टिकका सामाग्रि विस्थापित गर्न सकिने शिक्षासहित संस्कार, संस्कृती र सभ्यताको संरक्षण गर्ने शिक्षामा जोड दिईएको आले मगरको भनाई रहेको छ ।

सालकापातवाट वन्ने दुना टपरीका अलावा गोरखा स्कुलले कपासवाट बत्ति कात्ने सिप सिकाउनुका साथै आफना कपडा सामान्य उध्रिएको अवस्थामा वालवालिकाहरुले आफै सिलाउन सकुन भन्ने हेतुले हातले कपडा तुन्ने कला समेत सिकाउदै आएको छ । पछिल्लो समय आफना कपडा सामान्य रुपमा उध्रिएपनि सिलाई पसलमा जानुपर्ने वालवालिकाहरुको वाध्यतालाई चिर्न उनीहरुलाई यो सिप दिन अपरिहार्य भएको महशुस गर्दै सियो र धागोको माध्यमले कपडा तुन्ने कला सिकाईएको विद्यालयका  प्रधानाध्यापक साधना थापा बताउँछीन ।

कक्षागत रुपमा फरक फरक कला र सिप सिकाउँदै आएको गोरखा युनाईटेड पब्लिक स्कुलले माथिल्लो कक्षाका वालवालिकाहरुलाई विभिन्न विज्ञानकलासंग सम्वन्धित आईटि तथा टेक्निकल शिक्षा समेत प्रदान गर्दै आएको छ । विद्यार्थीहरुलाई कितावि कीरो मात्र बनाउनु शिक्षा प्रदान गर्नु हैन भन्ने बुझेको गोरखा स्कुलको व्यवस्थापनले अतिरीक्त क्रियाकलाप, गीत, संगित, नृत्य, यथलेटिक्स विविध खेलकुद लगाएत स्वास्थ्य सरसफाईका साथै जैविक विविधता संरक्षणमा समेत आफना वालवालिकाहरुलाई सहभागिता जनाउने मियोको रुपमा आफुलाई उभ्याएको छ । विद्यार्थीको हात-हातमा शिल्प र कला भएपछि स-साना ब्यबहारीक कुराहरुमा परनिर्भरता हुन नपर्ने समेत विद्यालयले विश्वास लिएको छ ।

  • १८ मंसिर २०८१, मंगलवार प्रकाशित

  • Nabintech