७ पुष २०८१, आईतवार

बाजुरामा एकाबिहानै भूकम्प
  • न्युज मानसराेवर

बाँके\बाजुरामा भूकम्प गएको छ। बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ४:१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको तीव्रता ५.२ म्याग्निच्यूड मापन भएको छ। भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। भूकम्पले मानवीय क्षति भएको जानकारी भने आएको छैन।

केही घर चर्किएको र भत्किएको स्थानीयले बताएका छन्। भूकम्पकै कारण सञ्चार सम्पर्क पनि टुटेको छ।

  • ६ पुष २०८१, शनिबार प्रकाशित

  • Nabintech