२१ पुष २०८१, आईतवार

बैतडीमा ४.६ म्याग्निच्यूडको भूकम्प
  • न्युज मानसराेवर

बैतडी:बैतडी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो।

बैतडीको सिगास गाउँपालिकाको नवाघर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।  आसपासका जिल्लामा पनि भूकम्प महशुस गरिएको थियो।  यसअघि जाजरकोट केन्द्रविन्दु बनाएर गत बिहीबार ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

 

  • १६ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech