सुर्खेत\आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ९उत्पादकको मूल्यमा० तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०र८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।
यस्तै, आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले वृद्धि भएको अनुमान छ । आर्थिक वर्ष २०७९र८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा एक दशमलव ९५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ३१ प्रतिशतले वृद्धि भएको संशोधितअनुमान रहेको केन्द्रीय बैंकले जनाएको छ ।
सल्यान, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका स्थलगत तथा रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्ला जिल्लाका गैरस्थलगत अध्ययनबाट तयार पारिएको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।
समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा तीन दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको छ दशमलव ९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ । सो प्रदेशमा भित्रिने पर्यटकको संख्यामा २३ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३ दशमलव ४९ प्रतिशत, १५ दशमलव ७७ प्रतिशत र २४ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३ दशमलव ९३ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । सो प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या चार सय ७५ तथा शाखारहित बैंकिङ संख्या ३० पुगेको छ । समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ७८ दशमलव ५० प्रतिशत छ ।
सो प्रदेशमा विद्युत प्रसारण लाईन दुई हजार चार सय १६ दशमलव ४७ सर्किट किलोमिटर पुगेको छ । समीक्षा वर्षसम्म सो प्रदेशमा १७ दशमलव ४१ मेगावाट विद्युत् उत्पादन भएको छ ।