बाँके\देशका केही स्थानमा शनिबार राति र आइतबार भोलि वर्षा र हिमपात हुन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने भएको हो। नेपालमा यो प्रणालीको प्रभाव सुरु भइसकेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाको भनाइ छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आइतबार बढी देखिनेछ। आइतबार सातै प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने सम्भावना छ।