बाँके\ कोहलपुर वडा नं.१० (मन्नापुर) निवासी ३२ वर्षे स्वर्गीय विरेन्द्र रावतका परिवारलाई नेकपा एमालेका युवाहरुले आर्थिक सहयोग गरेका छन। मस्तिकघात (ब्रेनह्यामरेज) बाट रावतको यही ३ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
नेकपा एमालेका जिल्ला सदस्य सुर्य रोकायाको अगुवाईमा संकलन गरिएको आर्थिक रकम हस्तान्तरण गरिएको हो ।
संकलन बाट प्राप्त रकम कूल ३६ हजार ४ सय रुपैया स्वर्गीय रावतका परिवारलाई हस्तान्तरण गरिएको रोकायाले जानकारी गराएका छन। संकलित रकम हस्तान्तरण गर्न नेकपा एमाले बाँके क्षेत्र नं.१ का संयोजक कुश्माखर बस्याल ,नेकपा एमाले बाँके जिल्ला सदस्य सुर्य रोकाया नेकपा एमाले कोहलपुर नगर कमिटी सचिव यम कुमार रावतले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन।