६ माघ २०८१, आईतवार

भण्डारी द्धारा सुचना माग
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर मालपापोत तथा नापी कार्यालयको शाखा कार्यालय कोहलपुरसँग अभियानकर्ता तथा राजनितिकर्मी भूम भण्डारीले सुचना माग गरेका छन। भण्डारीले सूचनाको हक ऐन, २०६४ को दफा ३ तथा नेपालको संविधानको धारा २७ अनुसार औपचारिक रूपमा सूचना माग गरेका हुन।भण्डारीले क्षेत्रगत मूल्य सूचीको प्रमाणित प्रतिलिपी ,जग्गा नापजाँच तथा हकभोग कित्ता काट कार्यका लागि नेपाल सरकार र कार्यालयले निर्धारण गरेको राजस्व दाखिला रकम , नापी अधिकृत तथा सर्भेक्षकहरूको पारिश्रमिक दस्तुर , जग्गा नापजाँच कार्यमा खटिने अधिकारीहरूको पारिश्रमिक शुल्क तथा दस्तुरको प्रमाणित प्रतिलिपी, सेवा प्रवाह विवरण ,सेवा प्रवाह विवरण ,निशुल्क तथा सशुल्क सेवाहरू र तिनका लागि लाग्ने समय ,अंशबण्डा तथा रजिस्ट्रेसनमार्फत लिइने मालपोत कर र लाभकरको कानुनी आधारहरू लगाएत सूचना माग गरेका हुन।

  • ६ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech